कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजपनि बस्दै

२०८२ चैत्र ०८ आइतवार
सारांश
  • नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठक आजपनि बस्दैछ ।

काठमाण्डौ, ०८ चैत्र । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठक आजपनि बस्दैछ ।

 

केन्द्रीय कार्यालयका कावा मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार आज बैठक बिहान ८: ३० बजेदेखि केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

 

यसअघि शुक्रबारदेखि उपसभापति विश्वप्रकाश शर्माको सभापतित्वमा शुरु भएको बैठकमा शर्माले हालै सम्पन्न निर्वाचनको प्रारम्भिक समीक्षा र सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश गरेका थिए । बैठकमा बोल्ने सबैले सभापति थापाको राजीनामा स्वीकृत गर्न नहुने र चुनावमा हारको कारण सभापति नभएको तर्क गरेका छन् ।  

 

बैठकले पेश गरिएका प्रस्ताव पारित गर्ने बताइएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार