विश्वप्रकाशको इरानी सेनाको नियन्त्रणमा रहेका नेपालीको रिहाईको पहल गर्न सरकारसँग माग

७ चैत्र, २०८२, शनिवार
सारांश
  • झाको रिहाइ कुशलतापुर्वक चाँडै हुने र समग्र द्वन्द्वको शान्तिपूर्ण समाधान हुने कामना र अपेक्षा गरेको बताएका छन् ।

काठमाडौँ: नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले हर्मुज क्षेत्रमा इरानी सेनाको नियन्त्रणमा परेका नेपाली युवा अमृत झाको रिहाइका लागि कुटनैतिक पहल गर्न सरकारसँग माग गरेका छन् । 

 

 शर्माले नेपाली युवा अमृत झाको रिहाइका लागि कुटनैतिक र राजनैतिक पहल अविलम्ब र तिब्रतापुर्वक अघि बढाउन सरकारसँग आग्रह गर्दै झाको रिहाइ कुशलतापुर्वक चाँडै हुने र समग्र द्वन्द्वको शान्तिपूर्ण समाधान हुने कामना र अपेक्षा गरेको बताएका छन् ।

 

परराष्ट्र मन्त्रालयले शुक्रबार झा इरानी सेनाको नियन्त्रणमा रहेको जानकारी दिएको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार