प्रधानमन्त्री कार्कीबाट इद उल फित्रको शुभकामना

२०८२ चैत्र ८ शनिवार
सारांश
  • प्रधानमन्त्री कार्कीले रमजान महिनाभर गरिएको रोजाले सहनशीलता, सहिष्णुता, त्याग र मानवताप्रतिको समर्पणको सन्देश दिने बताएकी छन् ।

काठमाडौँ: प्रधानमन्त्री सुशिला कार्कीले इद्–उल–फित्रको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम समुदायलाई शुभकामना व्यक्त गरेकी छन् ।

 

प्रधानमन्त्री कार्कीले रमजान महिनाभर गरिएको रोजाले सहनशीलता, सहिष्णुता, त्याग र मानवताप्रतिको समर्पणको सन्देश दिने बताएकी छन् । उनका अनुसार यो महिना सत्कर्म र संयमको प्रतीकका रूपमा समेत लिइने भन्दै यस्ता मूल्यले समाजमा मानवता, सहअस्तित्व र समृद्धिको भावना बलियो बनाउने उल्लेख गरेकी छन् । इद्–उल–फित्रले आपसी सद्भाव, भाइचारा र एकतालाई अझ मजबुत बनाउने विश्वास पनि व्यक्त गरेकीछन् ।

 

प्रधानमन्त्री कार्कीले यस पर्वले नेपालीहरूबीच सम्मान, सहकार्य र सद्भाव बढाउँदै देशको समृद्धि र स्थायित्वमा टेवा पुर्‍याओस् भन्ने कामना गरेकी छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार