सिंगापुरबाट हङकङ गए देउवा दम्पति

७ चैत्र, २०८२, शनिवार
सारांश
  • सिंगापुरमा नियमित उपचार सकिएपछि थप स्वास्थ्य उपचार र पारिवारिक कार्यक्रममा सहभागी हुन देउवा हङकङ गएको बताइएको छ । स्रोतका अनुसार हङकङमा पारिवारिक कार्यक्रम सकेर नेपाल फर्कने कार्यक्रम रहेको छ ।

काठमाडौँ: नेपाली काँग्रेसका पूर्व सभापति शेरबहादुर देउवा सिंगापुरबाट हङकङ प्रस्थान गरेका छन् ।

 

सिंगापुरमा नियमित उपचार सकिएपछि थप स्वास्थ्य उपचार र पारिवारिक कार्यक्रममा सहभागी हुन देउवा हङकङ गएको बताइएको छ । स्रोतका अनुसार हङकङमा पारिवारिक कार्यक्रम सकेर नेपाल फर्कने कार्यक्रम रहेको छ ।

 

देउवा निर्वाचन अघि फागुन १३ गते राति उपचारको फलोअपका लागि सिंगापुर गएका थिए । देउवा पत्नी आरजु राणा देउवा भने त्यसको तीन दिनअघि नै सिंगापुर पुगिसकेकी थिइन् । 

 

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आफ्नै निवासमा कुटाई खाएका देउवा दम्पति उपचारका लागि कार्तिक १० मा सिंगापुर गएका थिए । त्यसपछि उनीहरु कार्तिक २८ मा स्वदेश फर्किएका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार