‘५० प्रतिशत केन्द्रीय सदस्यले घण्टीमा भोट हालेको रिपोर्ट छ, तीनलाई कारबाही गरेर पार्टी पुनर्गठन थाल्छौँ’
२०८२ चैत्र ०६ शुक्रवार
- अध्यक्ष प्रचण्डले पार्टीका केन्द्रीय सदस्य, प्रदेश सदस्य र जनवर्गीय सङ्गठनका नेतृत्व तहले नै घात गरेको भन्दै प्रमाणका आधारमा उनीहरूलाई कारबाही गरिने बताए।
काठमाडौं: नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीका जिम्मेवार नेताहरूले नै निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनाव चिह्न 'घण्टी' मा भोट हालेको खुलासा गरेका छन्। बिहीबार जनवर्गीय सङ्गठनका नेताहरूसँगको छलफलमा उनले झन्डै ५० प्रतिशतको हाराहारीमा यस्तो रिपोर्ट आएको उल्लेख गरे।
संयोजक प्रचण्डले पार्टीका केन्द्रीय सदस्य, प्रदेश सदस्य र जनवर्गीय सङ्गठनका नेतृत्व तहले नै घात गरेको भन्दै प्रमाणका आधारमा उनीहरूलाई कारबाही गरिने बताए। "जसले घण्टीमा भोट हाले, उनीहरूलाई कारबाही गरेरै पार्टी पुनर्गठनको प्रक्रिया सुरु हुन्छ," उनले भने।
निर्वाचनको परिणामबारे विश्लेषण गर्दै उनले पैसा र पुराना सङ्गठनले मात्रै चुनाव जितिने दिन अब नरहेको टिप्पणी गरे। विनोद चौधरीको पराजय र भक्तपुरमा नारायणमान बिजुक्छेको विरासत ढल्नुले राजनीतिमा नयाँ 'आँधीहुरी' आएको उनले बताए। अब पार्टीलाई चुस्त बनाउन ठोस प्रमाणसहितका समीक्षा प्रतिवेदनका आधारमा सचिवालयले कडा निर्णय लिने उनको भनाइ छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’