प्रचण्ड र माधव नेपाललाई बिदा हुन युवा नेताहरूको दबाब, तेस्रो पुस्तालाई नेतृत्व सुम्पिन प्रस्ताव
२०८२ चैत्र ०६ शुक्रवार
- संयोजक प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाललाई अब 'अभिभावक'को भूमिकामा बस्न सुझाव दिएका हुन्।
काठमाडौं: नेपाली कम्युनिस्ट पार्टीका युवा नेताहरूले शीर्ष नेतृत्वलाई तत्काल पदबाट राजीनामा दिई तेस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न आग्रह गरेका छन्।
केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित जनसंगठनका इन्चार्ज तथा पदाधिकारीहरूको बैठकमा सहभागी युवाहरूले संयोजक प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाललाई अब 'अभिभावक'को भूमिकामा बस्न सुझाव दिएका हुन्।
बैठकमा बालेन शाह जस्ता उदाउँदा शक्तिहरूसँग प्रतिस्पर्धा गर्न अब पुरानो पुस्ताले नसक्ने भन्दै तेस्रो पुस्ता अघि सर्नुपर्ने धारणा राखिएको थियो। वाइसिएल अध्यक्ष पुष्प ओली र अखिल क्रान्तिकारीका उपाध्यक्ष बिराज थापालगायतले शीर्ष नेताहरूको ऐतिहासिक योगदानको सम्मान गर्दै नयाँ नेतृत्वका लागि बाटो प्रशस्त गर्न माग गरे।
सहभागीहरूले प्रचण्डलाई चौथो दलको संसदीय नेतामा सीमित नभई राष्ट्रिय अभिभावक बन्न सुझाव दिएका छन्। संसदीय दलको नेता, उपनेता र प्रमुख सचेतकमा सल्यानका रमेश मल्ल, रुकुम पश्चिमका गोपाल शर्मा वा सिन्धुपाल्चोकका युवराज दुलालमध्येबाट चयन गर्न प्रस्ताव गरिएको छ।
चुनावमा व्यहोरेको पराजयको जिम्मेवारी लिँदै नेतृत्वले मार्गप्रशस्त गर्नुपर्ने र पार्टीको भद्दा केन्द्रीय समितिलाई विघटन गरी छरितो बनाउनुपर्ने आवाज समेत बैठकमा उठेको छ। साथै, पार्टीमा बसेर अन्य दल (घण्टी) लाई मत दिनेहरूको पहिचान गरी कारबाही गर्न युवा नेताहरूले माग गरेका छन्।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ- शिक्षामन्त्री पोखरेल
-
परराष्ट्रमन्त्री खनालसँग क्यानडाका विदेशमन्त्री आनन्दको टेलिफोन वार्ता
-
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
-
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
-
सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।