कांग्रेसको बैठकमा चुनावको पराजय र गगन थापाको राजीनामा बारे छलफल

६ चैत्र, २०८२, शुक्रवार
सारांश
  • शुक्रबार सानेपामा बसेको केन्द्रीय समिति वैठकमा पार्टी उपसभापति विश्वप्रकाश शर्माले चरम गुटबन्दी र वितृष्णाका कारण पार्टीले पराजय भोग्नु परेको प्रारम्भिक समीक्षा प्रतिवेदन पेस गरेका हुन् । उनले पराजयको प्रमुख कारण चरम गुटबन्दी र वितृष्णा भएको बताएका छन् ।

काठमाडौं: नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनको समीक्षा शुरु गरेको छ ।

 

शुक्रबार सानेपामा बसेको केन्द्रीय समिति वैठकमा पार्टी उपसभापति विश्वप्रकाश शर्माले चरम गुटबन्दी र वितृष्णाका कारण पार्टीले पराजय भोग्नु परेको प्रारम्भिक समीक्षा प्रतिवेदन पेस गरेका हुन् । उनले पराजयको प्रमुख कारण चरम गुटबन्दी र वितृष्णा भएको बताएका छन् । 

 

कतिपय जायज आवाजहरुलाई पनि पार्टीले नजरअन्दाज गर्दा निर्वाचनको नतिजा प्रतिकूल हुन पुगेको उल्लेख गर्दै पार्टीले फागुन २१ को निर्वाचनमा भोग्नु परेको पराजय र सभापति गगन थापाको राजीनामाका विषय पनि छलफलको एजेण्डामा राखेका छन् ।

 

बैठकमा बोल्ने सबै केन्द्रीय सदस्यले अहिलेको अवस्थामा राजीनामा सहि विकल्प नभएको भन्दै सर्वसम्मतले राजीनामा अस्वीकृत गरिएको छ । बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले चुनाव हार्नुको प्रमुख कारण तत्कालिन कांग्रेस-एमालेको गठबन्धनको सरकार भएको धारणा राखेका छन् । 

 

आजको बैठकमा गगन थापा भने उपस्थित रहेका छैनन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार