कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

२०८२ चैत्र ०६ शुक्रवार
सारांश
  • नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।

काठमाण्डौ, ०६ चैत्र । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।

 

बैठकमा भर्खरैसम्पन्न निर्वाचनमा पार्टीको पराजयको समिक्षा हुने बताइएको छ । त्यस्तै यस बैठकमा सभापति गगन थापाले दिएको राजीनामाका विषयमा पनि छलफल हुने भएको छ । सभापति थापाले पार्टीले निर्वाचन बेहोरेको हारको नैतिक जिम्मेवारी लिदै राजीनामा दिएका छन् । आजको बैठकको अध्यक्षता उपसभापति विश्वप्रकाश शर्माले गर्ने भएका छन् । शर्माले सभापतिको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश हुने स्पष्ट गरेका छन् ।

 

काँग्रेसको आजको बैठक दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्ने कावा मुख्य सचिव  कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूसहभागी हुने छन् ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार