समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण

२०८२ चैत्र ०५ विहीवार
सारांश
  • आयोग परिसरमा आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयोगक रामप्रसाद भण्डारीसहित आयुक्तहरुले समानुपातिक तर्फका ११० सांसदहरुलाई प्रमाण पत्र वितरण गरेका हुन् ।

काठमाडौँ: निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण गरेको छ ।

 

आयोग परिसरमा आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयोगक रामप्रसाद भण्डारीसहित आयुक्तहरुले समानुपातिक तर्फका ११० सांसदहरुलाई प्रमाण पत्र वितरण गरेका हुन् ।  

 

समानुपातिक निर्वाचनतर्फ रास्वपाबाट ५७, नेपाली कांग्रेसबाट २०, नेकपा एमालेबाट १६, नेकपाबाट ९, श्रम संस्कृति पार्टी र राप्रपाबाट ४-४ जना सांसद निर्वाचित भएका छन् ।

 

आयोगले यस पछि आजै राष्ट्रपतिसमक्ष निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन बुझाउने गरी तयारी गरेको छ । आयोगले निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपतिलाई बुझाएपछि नेपालको संविधान, २०७२ को धारा ७६ (१) अनुसारको सरकार गठनका लागि आह्वान गर्ने बाटो खुल्ने भएको छ । 

 

यस निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा बढी १८२ सिट जितेर दुई तिहाई नजिकको जनादेश पाएको छ ।

 

यसैबीच नवनिर्वाचित सांसदहरुको शपथ करिब चैत्र १२ गते खुवाउने र नयाँ प्रतिनिधिसभाको पहिलो बैठक १५ गते बस्ने गरि तयारी अगाडी बढेको बुझिएको छ । संसद अधिवेशनका लागि सिंहदरबारमा निर्माणाधीन संसद भवनकै नजिक अस्थायी हल निर्माणको काम अन्तिम चरणमा रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार