रास्वपाका बाचा जनताले पत्याए, कसरी चलाउछन उनीहरुको कुरा हो - गोकुल बास्कोटा
४ चैत्र, २०८२, बुधवार
- उनले रास्वपाले चुनाव जितेको उल्लेख गर्दै सरकार सञ्चालन कसरी गर्ने भन्ने जिम्मेवारी अब सोही दलको भएको स्पष्ट पारे । नयाँ सरकारले काम सुरु गरेको तीन महिनासम्म अन्य दलले टिप्पणी गर्नु उचित नहुने उनको भनाइ छ ।
काठमाडौँ: नेकपा एमालेका नेता गोकुल बास्कोटाले यसपटक जनताको रोजाइमा राष्ट्रिय स्वतन्त्र पार्टी परेको बताएका छन् ।
उनले रास्वपाले चुनाव जितेको उल्लेख गर्दै सरकार सञ्चालन कसरी गर्ने भन्ने जिम्मेवारी अब सोही दलको भएको स्पष्ट पारे । नयाँ सरकारले काम सुरु गरेको तीन महिनासम्म अन्य दलले टिप्पणी गर्नु उचित नहुने उनको भनाइ छ ।
बास्कोटाले जनता सधैं साझा रहने भए पनि यसपटक मतदाताले रास्वपालाई विश्वास गरेको बताउदै जनताले उक्त दलका प्रतिबद्धतामा भरोसा गरेका कारण चुनावी परिणाम त्यसअनुसार आएको बताएका छन् ।
उनले भनेका छन्- 'रास्वपाले चुनाव जित्यो । चलाउछन कसरी ? त्यो उनीहरुकै कुरा । नयाँ सरकारले काम थालेको तीन महिना सम्म अरुले केही बोल्नु नै बेकार हो । जनता साझा थिए, छन र हुने नै छन । फरक कति मात्र हो भने आम जनताको रोजाईमा यस पल्ट उनीहरु परे, अझ यसो भनौ उनका बाचा जनताले पत्याए । खाँबो चिथोर्न बन्द गरे हुने !'
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।