पार्टी अनुशासनमा बस्न सांसदहरुलाई रवि लामिछानेको चेतावनी

२०८२ चैत्र ०४ बुधवार
सारांश
  • लामिछानेले नवनिर्वाचित सांसदहरुलाई निर्देशन दिदै यस अघिको जस्तो हल्कारुपमा प्रस्तुत नहुन आग्रह गर्दै जिम्मेवार हुन आग्रह गरेका थिए ।

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली जनताले रास्वपालाई इतिहासमा कसैलाई नगरेको विश्वास गरेको बताएका छन् ।

 

नवनिर्वाचित सांसदहरुको दुई दिवसीय अभिमुखीकरण कार्यक्रमको समापन समारोहमा सम्बोधन गर्दै सभापति लामिछानेले नेपाली जनताले रास्वपालाई इतिहासमा कसैलाई नगरेको विश्वास गरेको बताएका हुन् ।

 

लामिछानेले नवनिर्वाचित सांसदहरुलाई निर्देशन दिदै यस अघिको जस्तो हल्कारुपमा प्रस्तुत नहुन आग्रह गर्दै जिम्मेवार हुन आग्रह गरेका थिए ।

 

उनले पार्टीको हित विपरित काम नगर्न र पार्टी अनुशासनमा बस्न चेतावनी दिदै रास्वपाको विधानमा 'राइट टु रिकल' को व्यवस्था रहेको सम्झाएका थिए । उनले कुनै पनि किसिमको अराजकतालाई स्वीकार नगर्ने बताउदै  'राइट टु रिकल' लाई लागु गर्ने स्पष्ट गरेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार