प्रधानमन्त्री कार्कीले पद छोड्ने बेला गरेका निर्णय विवादमा, चौतर्फी आलोचना
२०८२ चैत्र ०२ सोमवार
- आफ्नो जिम्मेवारीको अन्तिम समयमा रहेकी प्रधानमन्त्री सुशीला कार्कीले गरेका निर्णय विवादमा परेका छन् ।
काठमाण्डौ, ०२ चैत्र । आफ्नो जिम्मेवारीको अन्तिम समयमा रहेकी प्रधानमन्त्री सुशीला कार्कीले गरेका निर्णय विवादमा परेका छन् ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकबाट वर्तमान गृहमन्त्री ओमप्रकाश अर्याललाई रिक्त रहेको राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने र आफ्ना प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा मनोनीत गर्नें निर्णयको चौतर्फी आलोचना भएको छ ।
यसअघि वामदेव गौतम राष्ट्रिय सभामा मनोनित भएका थिए । उनको कार्यकाल फागुन २० गते सकिएको छ । उनले कार्यकाल सकिनु केहीअघि राजीनामा दिएका थिए ।
मन्त्रिपरिषदबाट सिफारिस भएका अर्याल राष्ट्रपति रामचन्द्र पौडेलबाट मनोनीत भएमा उनी ६ वर्ष सांसद हुनेछन् । राष्ट्रिय सभाका सांसद मन्त्री हुन पाउछन् तर प्रधानमन्त्री हुन भने प्रतिनिधि सभाको सदस्य हुनुपर्ने व्यवस्था छ ।
अधिवक्ता रहेका अर्याल जेनजी आन्दोलनपछिको सरकारमा गृहमन्त्री छन् । जेनजी आन्दोलन अघि आर्याल काठमाडौँ महानगरमा तत्कालिन मेयर बालेन शाहको कानुनी सल्लाहकार थिए भने उनले रुपन्देही-३ मा त्यति बेला हुन लागेको उपनिर्वाचनमा बालेनकै समर्थनमा उम्मेदवारी समेत दिने तयारी गरेका थिए ।
त्यस्तै राष्ट्रिय प्रकृति संरक्षण कोषको संरक्षकको हैसियतले प्रधानमन्त्री कार्कीले श्रेष्ठलाई पाँच वर्षका लागि उक्त पदमा मनोनीत गरेकी छन् । यसअघि ऐनबहादुर शाहीले राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।
यसअघि प्रमुख स्वकीय सचिव श्रेष्ठ प्रधानमन्त्रीको सचिवालयमा आफ्नी पत्नी संगीता श्रेष्ठसहितका आफन्तलाई नियुक्ति गरेको विषयमा विवादमा परेका थिए । चौतर्फी विवादपछि प्रधानमन्त्रीको सचिवालयमा नियुक्त गरिएका आफन्तलाई हटाइएको थियो ।
असहज अवस्थामा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गरेर चौतर्फी प्रसंशा भइरहेको बेला यी दुई निर्णयले प्रधानमन्त्री कार्कीको आलोचना भएको छ । निर्वाचन सम्पन्न भइसकेको र नयाँ सरकार बन्नेक्रममै रहेकाले यस्ता नियुक्तिका निर्णय गरेर प्रधानमन्त्री कार्कीले जादा जादै विवादित निर्णय गरेकी छन् । धेरैले सामाजिक सञ्जाल र मिडियामा दुवै नियुक्तिको आलोचना गरेका छन् । गृहमन्त्री अर्यालले पनि मौकाको फाइदा उठाएको भन्दै आलोचना बेहोरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।