अमेरिकी सेनाका प्यासिफिक डेपुटी जनरल भोवेल आज काठमाडौं आउँदै

२०८२ चैत्र ०१ आइतवार
सारांश
  • अमेरिकी सेनाका प्यासिफिकका डेपुटी कमाण्डिङ जनरल जोयल बी. भोवेल आज काठमाण्डौ आउँदैछन् ।

काठमाण्डौ, ०१ चैत्र । अमेरिकी सेनाका प्यासिफिकका डेपुटी कमाण्डिङ जनरल जोयल बी. भोवेल आज काठमाण्डौ आउँदैछन् ।

 

भ्रमणका क्रममा भोवेलले पाँचखालस्थित शान्ति निर्देशनालयको अवलोकन गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ । तीन दिनको भ्रमणमा उनले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसहित उच्च सैनिक अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यसूची तय भएको बताइएको छ ।

 

भोवेलले नेपाल आउनुअघि नयाँ दिल्लीमा भारतीय सेना प्रमुखसँग पनि भेटवार्ता गरिसकेका छन् । यसअघि फागुन १ गते युएस इन्डो-प्यासिफिक कमाण्डका जनरल सामुयल जे पापारो पनि नेपाल भ्रमणमा आएका थिए ।

 

नेपालमा नयाँ सरकार गठन हुने क्रममा उनको भ्रमण राजनीतिक र कूटनीतिक दृष्टिले अर्थपूर्ण रुपमा हेरिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार