अमेरिकी सेनाका प्यासिफिक डेपुटी जनरल भोवेल आज काठमाडौं आउँदै
२०८२ चैत्र ०१ आइतवार
- अमेरिकी सेनाका प्यासिफिकका डेपुटी कमाण्डिङ जनरल जोयल बी. भोवेल आज काठमाण्डौ आउँदैछन् ।
काठमाण्डौ, ०१ चैत्र । अमेरिकी सेनाका प्यासिफिकका डेपुटी कमाण्डिङ जनरल जोयल बी. भोवेल आज काठमाण्डौ आउँदैछन् ।
भ्रमणका क्रममा भोवेलले पाँचखालस्थित शान्ति निर्देशनालयको अवलोकन गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ । तीन दिनको भ्रमणमा उनले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसहित उच्च सैनिक अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यसूची तय भएको बताइएको छ ।
भोवेलले नेपाल आउनुअघि नयाँ दिल्लीमा भारतीय सेना प्रमुखसँग पनि भेटवार्ता गरिसकेका छन् । यसअघि फागुन १ गते युएस इन्डो-प्यासिफिक कमाण्डका जनरल सामुयल जे पापारो पनि नेपाल भ्रमणमा आएका थिए ।
नेपालमा नयाँ सरकार गठन हुने क्रममा उनको भ्रमण राजनीतिक र कूटनीतिक दृष्टिले अर्थपूर्ण रुपमा हेरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।