हरेक राजनीतिक परिवर्तनमा बाह्य शक्तिको सहयोग र लगानी हुन्छ- कमल थापा
२०८२ फागुन २९ शुक्रवार
- थापाले अन्त्यमा बालेन शाहलाई शुभकामना दिँदै देशको भविष्यका लागि स्वतन्त्र निर्णय क्षमता आवश्यक रहेको संकेत गरेका छन् ।
काठमाण्डौ, २९ फाल्गुण । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रप) का नेता कमल थापाले नेपालको राजनीतिक परिवर्तनमा बाह्य शक्तिको प्रभाव रहने गरेको बताएका छन् । उनले हरेक राजनीतिक परिवर्तनमा बाह्य शक्तिको सहयोग र लगानी रहने र परिवर्तनपछि ती शक्तिले आफ्नो स्वार्थअनुसार प्रतिफल खोज्ने प्रवृत्ति देखिने टिप्पणी गरेका हुन् ।
थापाले २०८२ को राजनीतिक परिवर्तनमा पनि बाह्य शक्तिको भूमिका रहेको तथ्य नलुकेको उल्लेख गर्दै परिवर्तनपछि बाह्य शक्तिहरूले आफ्नो स्वार्थ र लगानीको मूल्य खोज्ने अवस्था आउने जिकिर गरेका छन् ।
आगामी सरकारको सन्दर्भ उठाउदै उनले बालेन शाहको नेतृत्वमा बन्ने सरकार बाह्य दबाब र प्रभावबाट मुक्त रहन सक्ला भन्ने प्रश्न उठाएका छन् । यही विषयसँग नेता रवि लामिछाने र बालेन शाह मात्र होइन, सिंगो मुलुकको भविष्य जोडिएको उनको धारणा छ ।
थापाले अन्त्यमा बालेन शाहलाई शुभकामना दिँदै देशको भविष्यका लागि स्वतन्त्र निर्णय क्षमता आवश्यक रहेको संकेत गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।