एमाले कास्की इन्चार्ज थापाको बैठकमा बोल्दै गर्दा हृदयघातबाट निधन
२८ फाल्गुन, २०८२, बिहिवार
- बिहीबार जिल्ला कमिटीको निर्वाचन समीक्षा बैठकमा बोल्ने क्रममा अचानक ढलेका थापालाई बैठकस्थलमै हृदयघात भएको बताइएको छ । ढलेलगत्तै उनलाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । हाल उनको शव मणिपाल अस्पतालमै राखिएको छ ।
पोखरा: नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज कृष्ण थापाको निधन भएको छ ।
बिहीबार जिल्ला कमिटीको निर्वाचन समीक्षा बैठकमा बोल्ने क्रममा अचानक ढलेका थापालाई बैठकस्थलमै हृदयघात भएको बताइएको छ । ढलेलगत्तै उनलाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । हाल उनको शव मणिपाल अस्पतालमै राखिएको छ ।
थापा लामो समयदेखि एमालेको सक्रिय राजनीतिमा रहँदै आएका थिए । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनका लागि उनलाई कास्की- २ बाट एमालेले उम्मेदवार बनाएको थियो । तर पार्टीभित्रै विरोध भएपछि उनको टिकट खोसेर रश्मि आचार्यलाई उम्मेदवार बनाइएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’