बालेन र रविलाई पाकिस्तानी प्रधानमन्त्री शरीफले दिए बधाई
२७ फाल्गुन, २०८२, बुधवार
- शरीफले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै यो विजयले नेपाली जनताले नयाँ र गतिशील नेतृत्वप्रति देखाएको विश्वासलाई प्रतिबिम्बित गरेको उल्लेख गरेका छन् ।
काठमाडौँ: पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले नेपालमा सम्पन्न निर्वाचनमा जित हासिल गरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको विजयमा बधाई दिएका छन् ।
शरीफले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै यो विजयले नेपाली जनताले नयाँ र गतिशील नेतृत्वप्रति देखाएको विश्वासलाई प्रतिबिम्बित गरेको उल्लेख गरेका छन् ।
उनले नव निर्वाचित नेपाल सरकारसँग मिलेर दुई देशबीचको ऐतिहासिक मित्रता र सहकार्यलाई अझ सुदृढ बनाउने अपेक्षा पाकिस्तानले राखेको पनि उल्लेख गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’