- सुर्खेत १ मा रास्वपाका टेकबहादुर सिंह र दैलेख १ मा नन्द किशोर बस्नेत तेस्रो हुँदा बाँकी आठ निर्वाचन क्षेत्रमा धरौटी जोगाउन सकेनन् ।
सुर्खेत: प्रतिनिधिसभा निर्वाचनमा देशभर रास्वपाको लहर चलिरहँदा कर्णालीका अधिकांश निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारले धरौटी समेत बचाउन सकेनन् ।
१२ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको रास्वपाले १२ निर्वाचन क्षेत्रमध्ये चार निर्वाचन क्षेत्रमा मात्र धरौटी जोगाएका छन् । यद्यपि समानुपातिकमा रास्वपा कर्णालीमा दोस्रो ठुलो दल बनेको छ ।
सुर्खेत निर्वाचन क्षेत्र नं. २ मा विजयी निकालेको रास्वपाले सुर्खेत २ र दैलेख १ र सल्यानमा मात्र धरौटी जोगाएको छ । बाँकी सबै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारको धरौटी जफत भएको छ । सुर्खेत २ मा रास्वपाका रमेश कुमार सापकोटा विजयी हुँदा सल्यानमा ललितबहादुर चन्द्र दोस्रो भए ।
सुर्खेत १ मा रास्वपाका टेकबहादुर सिंह र दैलेख १ मा नन्द किशोर बस्नेत तेस्रो हुँदा बाँकी आठ निर्वाचन क्षेत्रमा धरौटी जोगाउन सकेनन् ।
जुम्लामा विनीता कठायतले ४२१, हुम्लामा टासी ल्हान्जोमले एक हजार ६४, डोल्पामा देवसिंह ऐडीले १८१, मुगुमा भुवन टमट्टाले ५३०, कालिकोटमा प्रकाश न्यौपानेले तीन हजार १०१, दैलेख १ मा बखतबहादुर शाहीले छ हजार ७९७, रुकुम पश्चिममा मानबहादुर शाहीले चार हजार ७६ र जाजरकोटमा राधव कार्कीले दुई हजार ४७१ मत प्राप्त गरे ।
यी सबै निर्वाचन क्षेत्रमा रास्वपा उम्मेदवारले जमानत जफत गराएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।