प्रत्यक्षतर्फको मत गणना सकियो, कुन प्रदेशमा कसले जिते ?
२०८२ फागुन २६ मङ्गलवार
- एक स्थान धनुषा- १ को मतगणना सम्पन्न भएपनि आयोग र अदालतले रोके पनि मत परिणाम सार्बजनिक गरिएको छ र सो क्षेत्रमा नेकपाका मातृका यादवलाई विजयी घोषित गरिएको छ ।
काठमाण्डौ, २६ फाल्गुण । प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्ष तर्फको मतगणना सकिएको छ । सबै १६५ क्षेत्रको मतगणना सकिएको छ ।
एक स्थान धनुषा- १ को मतगणना सम्पन्न भएपनि आयोग र अदालतले रोके पनि मत परिणाम सार्बजनिक गरिएको छ र सो क्षेत्रमा नेकपाका मातृका यादवलाई विजयी घोषित गरिएको छ । सर्वोच्च अदालतले आदेश दिएपछि सोहि अनुसार हुने गरि आयोगले अहिलेको मतगणनाअनुसार परिणाम सार्बजनिक गर्दै यादवलाई प्रमाण पत्र दिएको छ ।
प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले अभूतपूर्ण जित हासिल गर्दै १२५ सिट जितेको छ । त्यस्तै नेपाली काँग्रेसले १८ सिट जितेको छ भने नेकपा एमालेले ९ सिट जितेको छ । त्यसै गरि नेपाली कम्युनिष्ट पार्टीले ८ सिट जितेको छ भने श्रम संस्कृति पार्टीले ३ सिट जितेको छ । त्यस्तै राप्रपाले एक सिट जितेको छ भने स्वतन्त्र उम्मेदार एक जना महावीर पुनले जित हासिल गरेका छन् ।
प्रदेश अनुसार हेर्ने हो भने २९ क्षेत्र रहेको कोशी प्रदेशमा रास्वपाले १७ सिट जितेको छ भने एमालेले ५, नेपाली काँग्रेसले ४ र श्रम संस्कृति पार्टीले ३ सिट जितेको छ । त्यस्तै ३२ क्षेत्र रहेको मधेश प्रदेशमा,अ रास्वपाले ३० सिट जितेको छ भने नेपाली काँग्रेस र नेकपाले एक एक सिट जितेका छन् ।
त्यसैगरी ३३ क्षेत्र रहेको बागमती प्रदेशमा रास्वपाले ३१ सिट जितेको छ भने नेपाली काँग्रेस र नेकपाले एक एक सिट जितेका छन् । त्यस्तै १७ सिट रहेको गण्डकी प्रदेशमा रास्वपाले १५ सिट जितेको छ भने नेपाली काँग्रेसले २ सिट जितेको छ । त्यसैगरी २६ सिट रहेको लुम्बिनी प्रदेशमा रास्वपाले २१ सिट जितेको छ भने नेपाली काँग्रेस र नेकपाले २-२ सिट र एमालेले एक सिट जितेको छ ।
त्यस्तै १२ सिट रहेको कर्णाली प्रदेशमा नेपाली काँग्रेसले ५ सिट जितेको छ भने नेकपाले ४, एमाले, राप्रपा र रास्वपाले एक एक सिट जितेका छन् । त्यसैगरी १६ सिट रहेको सुदूरपश्चिममा रास्वपाले १० सिट जितेको छ भने एमाले र काँग्रेसले ३-३ सिट जितेका छन् ।
यस पटक प्रत्यक्षमा मधेशवादी दल र नागरिक उन्मुक्ति जस्ता दलले भने कुनै सिट जित्न नसकेपछि उनीहरुको संसदमा उपस्थिति नहुने भएको छ । अहिलेसम कम्तिमा एक सांसद जित्दै आएको नेपाल मजदुर किसान पार्टीको प्रतिनिधित्व पनि यस पटक संसदमा नहुने भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।