गृहमन्त्री अर्यालसँग चिनियाँ राजदूत माओमिङले शिष्टाचार भेट

२६ फाल्गुन, २०८२, मगलवार
सारांश
  • भेटका क्रममा राजदूत माओमिङले आफूलाई दिएको जिम्मेवारी कुशलतापूर्वक पूरा गर्ने र नेपाल-चीनबीचको मित्रवत् सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।

काठमाडौँ: गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेका छन् । गृह मन्त्रालयमा मंगलबार भएको भेटमा मन्त्री अर्यालले राजदूत माओमिङलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

 

भेटका क्रममा राजदूत माओमिङले आफूलाई दिएको जिम्मेवारी कुशलतापूर्वक पूरा गर्ने र नेपाल-चीनबीचको मित्रवत् सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।

 

गृहमन्त्री अर्यालले चीनले नेपाललाई आर्थिक तथा सामाजिक क्षेत्रमा प्रदान गर्दै आएको सहयोगको निरन्तरता रहने र आगामी दिनमा सहयोग अझ विस्तार हुने विश्वास व्यक्त गरे । साथै उनले दूरसञ्चार क्षेत्र र साइबर अपराध नियन्त्रणका विषयमा दुई देशबीच बहुपक्षीय सहकार्य र समन्वय बढाउन प्रस्ताव पनि राखेका थिए ।

 

सो अवसरमा चिनियाँ राजदूत माओमिङले शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराएकोमा नेपाल सरकार र गृह मन्त्रालयलाई धन्यवाद दिएका थिए । उनले निर्वाचन सुरक्षा तथा सीमा सुरक्षा व्यवस्थापनमा मन्त्रालयले खेलेको भूमिकाको प्रशंसा गर्दै नेपाल–चीनबीचको ऐतिहासिक सम्बन्धलाई अझ बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

 

राजदूत माओमिङले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित र स्वतन्त्रताप्रति चीन सधैँ प्रतिबद्ध रहेको दोहोर्‍याउँदै देशमा शान्ति, सुरक्षा र कानुनको शासन कायम राखेर निर्वाचन सम्पन्न गराएकोमा गृहमन्त्री अर्याललाई बधाई पनि दिएको गृहमन्त्री अर्यालको सचिवालयले जानकारी दिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार