समानुपातिकतर्फ ७७ लाख मत गणना, कुन दलले कति पाए ?

२०८२ फागुन २५ गते सोमवार
सारांश
  • प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य मत पाउने देखिएको छ ।

काठमाण्डौ, २५ फाल्गुण । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य मत पाउने देखिएको छ ।

 

समानुपातिकतर्फको मत गणनाको अपडेट अनुसार अहिलेसम्म ७७ लाख ३ हजार १६ मत गणना भएको छ ।

 

जसमा रास्वपाले ३७ लाख २५ हजार ८३४ मत प्राप्त गरेको छ । जुन गणना भएको मतको ४८.४  प्रतिशत रहेको छ ।

 

त्यस्तै, नेपाली कांग्रेसले १२ लाख ५६ हजार २१ मत अर्थात १६.३ प्रतिशत मत प्राप्त गरेको छ । त्यस्तै तेस्रो नम्बरमा एमाले देखिएको छ । एमालेले १० लाख ६४ हजार ७१८ अर्थात् १३.८ प्रतिशत मत प्राप्त गरेको छ । नेपाली कम्युनिष्ट पार्टीले ५ लाख ४६ हजार १९८ मत प्राप्त गरेको छ भने राप्रपाले २ लाख ६२ हजार ७३ मत पाएको छ ।

 

त्यस्तै श्रम संस्कृति पार्टीले २ लाख ५२ हजार ७४० मत पाएको छ उज्यालो नेपाल पार्टीले समानुपातिकतर्फ उम्मेदवार बनाएको राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ४ हजार ८७० मत प्राप्त भएको छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार