प्रत्यक्षतर्फ यी ११ सिटको मत गणना जारी, कसले कति जिते ?
२०८२ फाल्गुण २४ आइतवार
- प्रतिनिधि सभाको निर्वाचनको ११ स्थानको मात्र नतिजा आउन बाँकी रहेको छ । अहिलेसम्म रास्वपाले ११८ स्थानमा जित हासिल गरेको छ भने ७ स्थानमा अझै अगाडी रहेको छ ।
काठमाण्डौ, २४ फाल्गुण । प्रतिनिधि सभाको निर्वाचनको ११ स्थानको मात्र नतिजा आउन बाँकी रहेको छ । अहिलेसम्म रास्वपाले ११८ स्थानमा जित हासिल गरेको छ भने ७ स्थानमा अझै अगाडी रहेको छ ।
रास्वपा सुनसरी- २, सुनसरी- ४, बर्दिया- २, गोरखा- २, रामेछाप- १, नुवाकोट- १, गोरखा- १ गरेर ७ स्थानमा अगाडी रहेको छ ।
त्यस्तै नेपाली काँग्रेसले प्रत्यक्षमा १७ स्थानमा जितेको छ । त्यसैगरी नेकपा एमालेले ७ स्थानमा जितेर तीन स्थान अछाम- २, इलाम- १ र संखुवासभा- १ मा अगाडी रहेको छ ।
प्रचण्ड नेतृत्वको नेकपाले ७ स्थानमा जित हासिल गरेको छ भने धनुषा- १ मा अगाडी रहेको छ । त्यसैगरी हर्क साम्पाङले श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ ३ स्थानमा जितेको छ भने राप्रपाले एक स्थानमा जितेको छ । त्यसैगरी स्वतन्त्र एक जनाले जितेका छन् ।
यस चुनावमा मधेशवादी दलले कुनै पनि सिट जित्न सकेनन् भने सुदूरपश्चिमबाट गत निर्वाचनमा उदाएको नागरिक उन्मुक्ति पार्टीले पनि कुनै सिट जित्न सकेन । त्यसैगरी कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी प्रत्यक्षमा एक सिट जित्न पनि असफल भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’