- राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले दलीय राजनीतिबाट अलग हुने घोषणा गरेका छन् । उनले आजदेखि लागू हुने गरी पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएको जानकारी दिएका हुन् ।
काठमाण्डौ, २३ फाल्गुण । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले दलीय राजनीतिबाट अलग हुने घोषणा गरेका छन् । उनले आजदेखि लागू हुने गरी पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएको जानकारी दिएका हुन् ।
मिश्रले आफ्नो निर्णय कुनै निराशा वा हतारमा नभई लामो सोचविचारपछि लिएको बताएका छन् । देशभर राजसंस्था पुनर्स्थापनाको पक्षमा जनमत भए पनि त्यसलाई संगठित र प्रभावकारी रूपमा अघि बढाउन पार्टी बारम्बार असफल भएको भन्दै त्यसको जिम्मेवारी आफूले पनि लिएको उल्लेख गरेका छन् ।
उनले बदलिँदो अन्तर्राष्ट्रिय परिस्थिति र देशभित्र देखिएका चुनौतीबीच राष्ट्रको भविष्य सुरक्षित गर्न नयाँ समझदारी र संरचनागत पुनरावलोकन आवश्यक रहेको धारणा व्यक्त गरेका छन् ।
मिश्रले पार्टीबाट अलग भए पनि राजसंस्था पुनर्स्थापना, सुशासन लगायतका मुद्दामा आफ्नो अडान यथावत रहने बताएका छन् । उनले अब केही समय गैरदलीय रूपमा आफ्ना विचार र धारणा सार्वजनिक गर्दै अघि बढ्ने जानकारी दिएका छन् ।
पछिल्ला करिब नौ वर्षको राजनीतिक यात्रामा देश र राजनीतिक रूपान्तरणका लागि आफूले इमानदार प्रयास गरेको उल्लेख गर्दै उनले राष्ट्रभन्दा माथि व्यक्तिगत स्वार्थ नराख्ने प्रतिबद्धता पनि जनाएका छन् ।
मिश्रले आफ्नो राजनीतिक यात्रामा साथ दिने देशभित्र र बाहिर रहेका नेपाली तथा पार्टीका नेता-कार्यकर्ताप्रति आभार व्यक्त गरेका छन्। साथै हालैको निर्वाचनमा उल्लेखनीय सफलता हासिल गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई बधाई तथा शुभकामना दिएका छन् ।
काठमाडौँ- १ बाट राप्रपाको उम्मेदवार बनेका मिश्रले ३९७२ मत प्राप्त गर्दै तेस्रो भएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।