रबि र बालेनबिच भएको सम्झौताका बारेमा उपसभापति डिपि अर्याल अनभिज्ञ
२०८२ फागुन २३
- बालेन र रबिलाई एक ठाउँमा ल्याउने गत पुष १२ गतेको सम्झौताको बारेमा उपसभापति डिपि अर्यालले आफुले एक पटक सो सम्झौतामा के लेखिएको छ त्यो हेर्नुपर्ने बताएका हुन्।
काठमाडौं: काठमाडौं क्षेत्र नं. ९ बाट निर्वाचित भएपछी पत्रकारहरूसँगको कुराकानीका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवम् सङ्घीय निर्वाचन सम्पादन समिति संयोजक डोलप्रसाद अर्याल (डिपि अर्याल)ले पार्टी सभापति रबि लामिछाने र बालेन साह बीच भएको सहमतिका बारेमा जानकारी नभएको बताएका छन्।
बालेन र रबिलाई एक ठाउँमा ल्याउने गत पुष १२ गतेको सम्झौताको बारेमा उपसभापति डिपि अर्यालले आफुले एक पटक सो सम्झौतामा के लेखिएको छ त्यो हेर्नुपर्ने बताएका हुन्।
एक पत्रकारले "भावी प्रधानमन्त्री भनेर बालेन साह हुनुहुन्छ, बालेन शाह ५ वर्षको लागि प्रधानमन्त्री हुनेछन्, पार्टी सभापति रवि लामिछानेले सम्हाल्ने छन् भनेर भनिएको छ। यही सम्झौता हो होइन त? यसमा केही पनि तलमाथि हुँदैन?" भनी सोधेको प्रश्नको जवाफ दिने क्रममा उपसभापति डिपि अर्यालले "त्यो सम्झौतामा के लेखिएको छ अब मैले नि एकचोटी हेर्नुपर्छ, मलाई सबै कण्ठ छैन। तपाईँले भनेको कुरा यदि लेखिएको रहेछ भने त्यहाँ जे लेखेको छ त्यही हुन्छ।" भन्ने जवाफ दिएका छन्।
उपसभापतिको जवाफले यो प्रष्ट हुन्छ कि या त उनि उक्त सम्झौताको बारेमा अनभिज्ञ छन्, वा यस सम्झौता अनुरुप आगामी दिनमा रास्वपा अगाडि बढने कुरामा दृढ छैन भन्ने बुझ्न सकिन्छ।
साथै पत्रकारले "भनेपछि त्यो सम्झौताभन्दा १ इन्च पनि तलमाथि हुँदैन?" भन्ने प्रतिप्रश्नको जवाफ दिदै उपसभापति अर्यालले "त्यो मैले तपाईँसँग बाचा गर्नुपर्ने त यहाँ आवश्यकता देख्दिनँ। त्यसकारणले अब पार्टी निर्माण हुँदैछ, पार्टीले निर्वाचित भएर उम्मेदवार नेताहरू आउनुहुन्छ। वरिष्ठ नेता ज्यू, सभापति ज्यूहरु, पार्टीको केन्द्रीय समिति छ। त्यसपछि छलफल होला, संसदीय दल बन्छ। त्यसपछि त्यहाँबाट हुँदै जाने निर्णयहरूलाई तपाईँ हामीले मान्नुपर्छ।" भन्ने जवाफ दिएका छन्।
सभापति रबि लामिछाने र बालेन साहबिच पुष १२ गते रति भएको ७ बुदे सम्झौताको बुदा नं ४ मा आसन्न निर्वाचन पछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रिको रुपमा बालेन साह हुने कुरा स्पष्टसँग लेखिएको छ।
जुन सम्झौताको जगमा रबि र बालेन एक ठाउँमा आए, साथै जुन सम्झौताको परिणामस्वरुप निर्वाचनमा जे नतिजा आईरहेको छ त्यस्तो महत्वपुर्ण सम्झौताको बारेमा स्वयम् पार्टीका उपसभापति डिपि अर्याल प्रष्ट नहुनु रोचक विषय हो। जवकी सम्झौता भएको कागज उपसभापति डिपि अर्यालको आफ्नै फेसबुक पेजमा समेत अपलोड गरिएको छ। त्यसैले उनि यस सम्झौतामा के लेखिएको छ भन्ने बारेमा प्रष्ट नहुनु आफैमा अनौठो विषय छ। साथै अर्याल रास्वपाको सबैभन्दा जिम्मेवार मध्येका एक नेता समेत हुन्।
यातिबेला देशभरबाट चुनावी नतिजा आउने क्रम जारी छ। हालसम्मको चुनावी नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले दुई तिहाई नतिजा हात पार्ने विश्लेषण गरिएको छ। रास्वपाको घट्दै गएको छवि बालेन साह रास्वपा प्रवेश गरेसँगै एकाएक देश रास्वपामय भएको थियो। बालेन साहकै लोकप्रियताको जग र उनलाई भावी प्रधानमन्त्रिको रुपमा उभ्याएका कारण रास्वपाले निर्वाचनमा अभुतपुर्व नतिजा हात परेको हो।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’