- मतदान भइरहेकै समयमा रौतहट-२ बाट उम्मेदवार बनेका नेकपाका नेता किरण शाहले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
रौतहट । मतदान भइरहेकै समयमा रौतहट-२ बाट उम्मेदवार बनेका नेकपाका नेता किरण शाहले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै शाहले पार्टी छाड्ने निर्णय गरेको घोषणा गरेका हुन् ।
शाहले आफ्नो निर्वाचन क्षेत्रमा व्यापक रूपमा धाँधली गरिएको र सरकारले सुरक्षा दिन नसकेको आरोप लगाएका चाहन । चुनाव निष्पक्ष नभएको ठहर गर्दै आफ्ना चुनावी प्रतिनिधिहरूलाई मतदान केन्द्र छाडेर घर फर्किन आग्रह समेत गरेका थिए ।
उनले नेकपाका शीर्ष नेताहरू प्रचण्ड र माधव नेपालको पनि आलोचना गर्दै आफूले पार्टी परित्याग गर्ने निर्णय लिएको बताएका छन् । साथै उनले निर्वाचनमा नेपाली कांग्रेस पक्षका केही कार्यकर्ता र मतदाताको व्यवहारका कारण आफू अत्यन्तै निराश भएको बताएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’