- कांग्रेस र नेकपाले बुथ कब्जा गर्न खोजेपछि एमाले र रास्वपाले विरोध जनाउँदा सो मतदान केन्द्रमा स्थित असामान्य बनेको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको थियो।
रामेछाप: दोलखाको तामाकोशी गाउँपालिका–४ को मालु मतदान केन्द्रमा स्थगित भएको मतदान अर्को मितिमा हुने भएको छ ।
बुथ कब्जाको प्रयास भएपछि रोकिएको मतदान अब अर्को मितिमा हुने भएको हो । स्थगित मतदानका लागि अर्को मिति तोक्नको लागि जिल्ला निर्वाचन कार्यालयमा सिफारिस गर्ने निर्णय मतदान अधिकृतले गरेका छन्।
कांग्रेस र नेकपाले बुथ कब्जा गर्न खोजेपछि एमाले र रास्वपाले विरोध जनाउँदा सो मतदान केन्द्रमा स्थित असामान्य बनेको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको थियो।
बुथ कब्जा गर्नको लागि कांग्रेस र नेकपाका कार्यकर्ताले मतपत्रको ठेली बोकेर हिँडेका थिए । नेपाली कांग्रेसका वडा सदस्य यज्ञबहादुर श्रेष्ठ, तामाकोशी गाउँपालिकाका तरुण दल अध्यक्ष अनिल श्रेष्ठ, नेकपाका नेता अर्जुन योगी लगायतले मतपत्रको ठेली बोकेर हिँडेका थिए ।
उनीहरू माथि मुद्दा चलाउने तयारी भएको छ । नियन्त्रणमा रहेका अन्य चार जनालाई सोधपुछपछि छाड्ने तयारी भएको बुझिएको छ। यद्यपि, कांग्रेस र नेकपाले भने सबैलाई बिना सर्त छाड्न माग गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’