राप्रपाले भन्यो- रुपन्देही-२ कांग्रेसलाई समर्थन गर्दैनौं
२०८२ फाल्गुण १८ सोमवार
- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रुपन्देही-२ नेपाली कांग्रेसलाई समर्थन नगर्ने स्पष्ट गरेको छ ।
काठमांण्डौ, १८ फाल्गुण । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रुपन्देही-२ नेपाली कांग्रेसलाई समर्थन नगर्ने स्पष्ट गरेको छ ।
राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठले काँग्रेसलाई समर्थन गर्ने कुनै नीति नरहेको स्पष्ट गरेका हुन् । उनले पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनमा कसैसँग तालमेल वा समर्थन गर्ने नीति नलिएको र नीति विपरीत गतिविधि अनुशासनको विषय हुने बताएका छन् ।
उक्त क्षेत्रका लागि राप्रपाको उम्मेदवारी खाली भएकाले समानुपातिक मत जुटाउन पार्टीले आफ्ना सदस्य र मतदातालाई सहकार्य गर्न अनुरोध गरेको छ ।
यसअघि राप्रपाका रुपन्देही-२ का अध्यक्ष रामबहादुर थापाले विज्ञप्ति जारी गर्दै उम्मेदवार नभएको अवस्थामा कांग्रेससँग एजेन्डा नजिक भएको भन्दै चुन्न प्रसाद पौडेललाई समर्थन गर्ने जानकारी दिएका थिए । यस अघि राप्रपाबाट कर्भिका थापाले उम्मेदवारी दर्ता गरेकी थिइन्, तर स्थायी आवसीय अनुमतिपत्र (पिआर) अवधि नपुगेकाले तीन महिना अघि उम्मेदवारी फिर्ता गरेपछि राप्रपा उक्त क्षेत्रमा उम्मेदवारविहीन बनेको थियो ।
२०७९ को निर्वाचनमा पनि राप्रपाको यस क्षेत्रमा उम्मेदवार थिएन, तर समानुपातिकतर्फ पार्टीले चौथो धेरै मत ५६ सय प्राप्त गरेको थियो।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’