- नेपाल सरकारले मध्यपूर्व क्षेत्रमा विकसित हुँदै गएको पछिल्लो परिस्थितिप्रति गहिरो चिन्ता व्यक्त गरेको छ ।
काठमाण्डौ, १७ फाल्गुण । नेपाल सरकारले मध्यपूर्व क्षेत्रमा विकसित हुँदै गएको पछिल्लो परिस्थितिप्रति गहिरो चिन्ता व्यक्त गरेको छ । आइतबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै उक्त क्षेत्रको अवस्थालाई नेपालले नजिकबाट निगरानी गरिरहेको जनाएको हो ।
मन्त्रालयले सम्बन्धित सबै पक्षलाई अधिकतम संयमता अपनाउन, तनाव थप नबढाउन तथा सर्वसाधारण नागरिकको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेको छ । साथै उत्पन्न मतभेदहरू कूटनीतिक पहल र संवादमार्फत समाधान गर्न नेपालले आह्वान गरेको छ ।
नेपालले संयुक्त राष्ट्रसंघको बडापत्र तथा अन्तर्राष्ट्रिय कानुनअनुसार सबै देशको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान हुनुपर्नेमा जोड दिएको छ । नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था कायम राख्दै विश्व शान्ति र सुरक्षाको संरक्षण गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने नेपाल सरकारको धारणा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालयले वर्तमान संवेदनशील अवस्थामा शान्तिपूर्ण समाधान नै आवश्यक रहेको उल्लेख गरिएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
६ वटै दलको घोषणापत्र समेटेर सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धतापत्र’
-
बालेन्द्र सरकारका कुन मन्त्रीको कति सम्पत्ति छ ?
-
कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क
-
उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिबेदनमा के छ ? - हेर्नुहोस पुर्णपाठ
-
के इन्डक्सनमा पानी पर्दा साच्चै बिजुलीको झट्का लाग्छ ?
विशेष
इरानको आन्तरिक संरचना र मध्यपूर्वको युद्ध
मध्यपूर्वमा डलर, तेल, र धर्मको मिश्रणले राजनीति, कूटनीति, र द्वन्द्व सिर्जना गरेको छ । यसले मुख्य उद्देश्य सभ्यताको रक्षा तथा नेतृत्व जस्तो देखिन सक्छ । यही कारणले यो संघर्ष करिब अन्तहीन जस्तो देखिन्छ । केही समयको विश्रामपछि नयाँ संस्करणको युद्ध फेरि सुरु हुन्छ ।