गृहमन्त्री अर्यालसहित उच्चस्तरीय टोलीले निर्वाचन सुरक्षा अनुगमन गर्दै
२०८२ फाल्गुण १७ आइतवार
- आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै गृहमन्त्री ओमप्रकाश अर्याल नेतृत्वको उच्चस्तरीय सुरक्षा टोली सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा निर्वाचन सुरक्षा अनुगमनमा निस्किएको छ ।
काठमाण्डौ, १७ फाल्गुण । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै गृहमन्त्री ओमप्रकाश अर्याल नेतृत्वको उच्चस्तरीय सुरक्षा टोली सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा निर्वाचन सुरक्षा अनुगमनमा निस्किएको छ ।
उनीसँग गृहमन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी प्रमुख राजु अर्यालसहितको टोली सहभागी रहेको छ । टोलीले बाँके, बझाङ, बाजुरा र धनगढीका मतदान केन्द्र र सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन गर्ने छ ।
गृहमन्त्रीका निजी सचिव पर्शुराम पोखरेलका अनुसार टोलीले मतदान केन्द्रको सुरक्षा, समग्र निर्वाचनको वातावरण र सम्बन्धित सुरक्षा निकायको तयारी मूल्यांकन गर्दै आवश्यक निर्देशन दिनेछ ।
यसअघि शुक्रबार गृहमन्त्री अर्याल, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितको टोलीले दोलखा, ओखलढुंगा, मोरङ, रौतहट र पर्शामा निर्वाचन तयारी र शान्ति सुरक्षाबारे जिल्ला सुरक्षा समिति, प्रमुख राजनीतिक दल र मतदान अधिकृतसँग छलफल गरेको थियो ।
मन्त्रालयले सरकारले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा रणनीति प्रभावकारी बनाएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत योजना २०८२ अन्तर्गत निर्वाचन अघि, अवधिमा र पछि मतपत्र सुरक्षा सुनिश्चित गर्दै निर्वाचन तयारी पूरा गरिएको जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ
-
भारतबाट सुरुङमा उद्धारका लागि प्राविधिक टोलीसहित थप ११ टन राहत सामग्री आइपुग्यो
-
भोटेकोशी बाढीपछि अहिलेसम्म ७३४ जनाको शव भेटियो
-
इन्टर मियामीको जितमा मेसीको चार गोल
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।