निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न जिम्मेवार र तयारी अवस्थामा रहन महानिरीक्षक कार्कीको निर्देशन
१७ फाल्गुन, २०८२, आइतवार
- आइतबार नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यममार्फत देशभरका प्रहरी कर्मचारीलाई सम्बोधन गर्दै महानिरीक्षक कार्कीले निर्वाचनलाई राष्ट्रिय संकल्पका रूपमा लिँदै सम्भावित सुरक्षा चुनौती सामना गर्न प्रभावकारी सुरक्षा रणनीतिसहित परिचालन हुन आग्रह गरे ।
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न प्रतिनिधि सभा निर्वाचनलाई भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन नेपाल प्रहरी पूर्ण रूपमा जिम्मेवार र तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।
आइतबार नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यममार्फत देशभरका प्रहरी कर्मचारीलाई सम्बोधन गर्दै महानिरीक्षक कार्कीले निर्वाचनलाई राष्ट्रिय संकल्पका रूपमा लिँदै सम्भावित सुरक्षा चुनौती सामना गर्न प्रभावकारी सुरक्षा रणनीतिसहित परिचालन हुन आग्रह गरे ।
उनले निर्वाचन आचारसंहिता उल्लङ्घन, आपराधिक गतिविधि तथा सामाजिक सञ्जालमार्फत फैलाइने गलत सूचनामाथि कडा निगरानी राख्न निर्देशन दिएका छन्। साथै मतदान केन्द्रको सुरक्षा, मतपेटिका ढुवानी तथा अन्य सुरक्षा निकायसँग समन्वय गरेर शान्तिपूर्ण निर्वाचन सुनिश्चित गर्न प्रहरी सक्रिय रहनुपर्ने बताए ।
कार्यक्रममा वरिष्ठ प्रहरी अधिकारीहरूले समेत जनशक्ति व्यवस्थापन, मतदानस्थल सुरक्षा र निर्वाचन अवधिमा अपनाउनुपर्ने सुरक्षा सतर्कताबारे आवश्यक निर्देशन दिएका थिए।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
६ वटै दलको घोषणापत्र समेटेर सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धतापत्र’
-
बालेन्द्र सरकारका कुन मन्त्रीको कति सम्पत्ति छ ?
-
कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क
-
उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिबेदनमा के छ ? - हेर्नुहोस पुर्णपाठ
-
के इन्डक्सनमा पानी पर्दा साच्चै बिजुलीको झट्का लाग्छ ?
विशेष
इरानको आन्तरिक संरचना र मध्यपूर्वको युद्ध
मध्यपूर्वमा डलर, तेल, र धर्मको मिश्रणले राजनीति, कूटनीति, र द्वन्द्व सिर्जना गरेको छ । यसले मुख्य उद्देश्य सभ्यताको रक्षा तथा नेतृत्व जस्तो देखिन सक्छ । यही कारणले यो संघर्ष करिब अन्तहीन जस्तो देखिन्छ । केही समयको विश्रामपछि नयाँ संस्करणको युद्ध फेरि सुरु हुन्छ ।