- विभिन्न स्थानका युवाहरुले सार्वजनिक रुपमा आफ्नो धारणा व्यक्त गर्दै चौधरीलाई पुनः निर्वाचित गराउन आग्रह गरेका हुन्।
नवलपरासी, १६ फाल्गुण । नवलपरासी (पश्चिम) क्षेत्र नंम्बर १ का आम जेनजी पुस्ताका युवाहरुले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीलाई समर्थन गर्ने जनाएका छन् । विभिन्न स्थानका युवाहरुले सार्वजनिक रुपमा आफ्नो धारणा व्यक्त गर्दै चौधरीलाई पुनः निर्वाचित गराउन आग्रह गरेका हुन्।यस क्षेत्रका युवाहरले विनोद चौधरीको समर्थनमा र्याली आयोजना गरी चौधरीको पक्षमा भोट दिन सम्पूर्ण पश्चिम नवलपरासीवासीलाई अपील समेत गरेका छन्।
स्थानीय युवा विद्या चौधरीले यस क्षेत्रमा युवामैत्री कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन भएको बताइन्। उनका अनुसार सिजी फाउन्डेसनमार्फत सञ्चालन गरिएका विभिन्न सिपमूलक तालिमका कारण क्षेत्रका सयौं युवाहरु स्वरोजगार बन्न सफल भएका छन्। ‘युवाहरुलाई सीप र अवसर दिने नेतृत्व आवश्यक छ, त्यसका लागि हाम्रो समर्थन विनोद चौधरीलाई हो,’ उनले भनिन्।
सुस्ता क्षेत्रकी दिव्या हरिजनले चौधरी युवाहरुका लागि प्रेरणाको स्रोत भएको बताइन्। उनले देशव्यापी रुपमा रोजगारी सिर्जनामा चौधरीको योगदान उल्लेख गर्दै सक्षम र अनुभवी व्यक्तित्व राजनीतिमा आवश्यक रहेको धारणा राखिन्। ‘देशभर रोजगारी सिर्जना गर्न सक्ने नेतृत्व राजनीतिमा आउनु सकारात्मक सन्देश हो,’ उनले भनिन्।
बर्दघाटकी मनिषा महर्जनले पनि युवाहरुको आकांक्षा सम्बोधन गर्न सक्ने उम्मेदवारको रुपमा चौधरीलाई अघि सारेकी छन्। ‘उहाँ युवाहरुको आइकन हुनुहुन्छ। निजी क्षेत्रको दक्षता अब विकासमा प्रयोग गर्न दिनुपर्छ,’ उनले भनिन्।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ- शिक्षामन्त्री पोखरेल
-
परराष्ट्रमन्त्री खनालसँग क्यानडाका विदेशमन्त्री आनन्दको टेलिफोन वार्ता
-
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
-
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
-
सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।