रोल्पाको लिबाङमा नेकपाको आज चुनावी सभा, प्रचण्डले सम्बोधन गर्ने

२०८२ फाल्गुण १६ शनिवार
सारांश
  • नेता वर्षमान पुन लगायत पार्टीका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपाले जनाएको छ ।

काठमाडौं: नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आज रोल्पाको लिबाङबाट चुनावअघिको अन्तिम सार्वजनिक सम्बोधन गर्ने भएका छन् ।

 

दिउसो १ बजेदेखि रोल्पा सदरमुकाम लिबाङ टुँडिखेलमा आयोजना हुने चुनावी सभामा प्रचण्डसँगै नेता वर्षमान पुन लगायत पार्टीका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपाले जनाएको छ । 

 

रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका प्रचण्डले नेकपालाई किन मत दिने भन्ने बारेमा आफ्नो धारणा राख्ने बताइएको छ । सभामा पूर्वसभामुख कृष्णबहादुर महरा र ओनसरी घर्तीमगरलगायत नेताहरूको पनि सम्बोधन रहने जानकारी दिइएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार