मधेशका चार जिल्लामा आज काँग्रेसको चुनावी सभा, सभापति थापाले सम्बोधन गर्ने

२०८२ फाल्गुण १६ शनिवार
सारांश
  • नेपाली कांग्रेसले आज मधेश प्रदेशका चार जिल्लाका चुनावी सभा गर्दैछ ।

काठमाण्डौ, १६ फाल्गुण । नेपाली कांग्रेसले आज मधेश प्रदेशका चार जिल्लाका चुनावी सभा गर्दैछ ।

 

सभापति गगन थापाको सचिवालयका अनुसार आज काँग्रेसले सर्लाहीको लालबन्दी, रौतहट, बारा र हुँवीरगञ्जमा चुनावी सभा गर्ने भएको हो । ति सभालाई सभापति गगन थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

 

काँग्रेसले आइतबार काठमाडौँ उपत्यकामा चुनावी सभा गर्ने कार्यक्रम तय गरेको छ ।

 

गत फागुन ६ गते जनकपुरधाममा पार्टीको प्रतिज्ञा पत्र सार्वजनिक गरेर काँग्रेसले चुनावी सभाको शुरुवात गरेको थियो ।

 

त्यस्तै, काँग्रेस उपसभापति विश्वप्रकाश शर्माले आज गुल्मीसहितका जिल्लामा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको काँग्रेसले जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार