विदेशमा रहेका नेपालीलाई विश्वप्रकाशको जिम्मेवार निर्णय लिन अपिल
२०८२ फाल्गुण १६ शनिवार
- नेपाली कांग्रेसका उपसभापति तथा निर्वाचन परिचालन समितिका संयोजक शर्माले विदेशमा रहेका नेपालीहरूलाई जिम्मेवार निर्णय लिन सबैलाई अपिल गरे ।
काठमाण्डौ, १६ फाल्गुण । नेपाली कांग्रेसका उपसभापति तथा निर्वाचन परिचालन समितिका संयोजक शर्माले विदेशमा रहेका नेपालीहरूलाई जिम्मेवार निर्णय लिन सबैलाई अपिल गरे ।
शनिबार भिडियो सन्देश जारी गरेर विदेशमा रहेका नेपालीहरुलाई सम्बोधन गर्दै शर्माले निर्वाचनमा जिम्मेवार निर्णय लिन अपिल गरेका हुन् ।
उनले विदेशमै रहेर मतदान गर्न चाहनेहरूको अधिकार सुनिश्चित गर्न सर्वोच्च अदालतको परमादेशअनुसार काम भइरहेको र कांग्रेसले यसमा प्रतिबद्धतापूर्वक अघि बढिरहेको बताए ।
विशेष महाधिवेशनमार्फत कांग्रेसमा नीतिगत र नेतृत्वगत रूपान्तरण गरेर चुनावमा आएको बताउदै उपसभापति शर्माले जेनजीको चाहना अनुसार परिवर्तनको सुरुवात कांग्रेसले गरेको दाबि गरे । नयाँ पुस्ताले खोजेको राजनीतिक र प्रशासनिक सुधारलाई काँग्रेसले सम्बोधन गर्ने समेत दाबी गरे ।
उपसभापति शर्माले प्रवासी नेपालीसँग सहकार्यको अवधारणा अघि सार्दै ठूला पूर्वाधार आयोजनामा उनीहरूको लगानी र सहभागिता सुनिश्चित गर्ने योजना काँग्रेसले आफ्नो प्रतिज्ञा पत्रमा ल्याएको जानकारी दिए । उनले बुढीगण्डकी जलविद्युत् आयोजना जस्ता १२०० मेगावाट क्षमताका परियोजनामा सरकारी, निजी र डायस्पोरा साझेदारीमार्फत लगानी जुटाउने योजना काँग्रेसले अगाडी सारेको उल्लेख गरे ।
विदेशमा रहेका नेपालीलाई कांग्रेसले चुपचाप मत दिन नभन्ने भन्दै प्रश्न गर्न, स्पष्ट बनेर मात्रै मत दिन आग्रह गरे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’