निर्वाचन सुरक्षाबारे गृहमन्त्री आर्यालद्वारा ओखलढुङ्गामा अनुगमन
१५ फाल्गुन, २०८२, शुक्रवार
- अनुगमनका क्रममा गृहमन्त्री आर्यालले जिल्लामा सुरक्षा व्यवस्था मजबुत बनाइएको उल्लेख गर्दै नागरिकलाई कुनै डर वा त्रास बिना निर्धक्क भएर मतदान गर्न आग्रह गरे। उनले निर्वाचन बिथोल्ने वा कानुनविपरीत गतिविधिमा संलग्न हुनेलाई कडा कारबाही गरिने चेतावनी पनि दिएका छन् ।
काठमाडौँ: आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन गृहमन्त्री ओमप्रकाश आर्याल नेतृत्वको उच्चस्तरीय टोलीले शुक्रबार ओखलढुङ्गामा निर्वाचन सुरक्षाको अवस्थाबारे अनुगमन गरेको छ ।
अनुगमनका क्रममा गृहमन्त्री आर्यालले जिल्लामा सुरक्षा व्यवस्था मजबुत बनाइएको उल्लेख गर्दै नागरिकलाई कुनै डर वा त्रास बिना निर्धक्क भएर मतदान गर्न आग्रह गरे। उनले निर्वाचन बिथोल्ने वा कानुनविपरीत गतिविधिमा संलग्न हुनेलाई कडा कारबाही गरिने चेतावनी पनि दिएका छन् ।
गृहमन्त्रीले शान्ति सुरक्षा कायम राख्न तथा निर्वाचन आचारसंहिता कडाइका साथ कार्यान्वयन गर्न सम्बन्धित सुरक्षा निकायलाई निर्देशन दिएका थिए ।
दोलखा र ओखलढुङ्गाको अनुगमन सम्पन्न गरेपछि उच्चस्तरीय सुरक्षा टोलीले मोरङसहित अन्य जिल्लामा समेत निर्वाचन सुरक्षाको निरीक्षणलाई निरन्तरता दिएको जनाइएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’