उनेपाका उम्मेदवार न्यौपानेले गरे चुनावी एजेण्डाहरु सार्वजनिक
१३ फाल्गुन, २०८२, बुधवार
- बुधबार पत्रकार सम्मेलन गर्दै उनले ‘उज्यालो नेपाल:- सम्भावनाबाट समृद्धितर्फ’ शिर्षकअन्र्तगत आफ्नो मूख्य एजेण्डाहरु सार्वजनिक गरेका हुन् ।
काठमाडौं । उज्यालो नेपाल पार्टीका नेता तथा काठमाडौं क्षेत्र नं। १० का प्रतिनिधी सभा सदस्य उम्मेदवार डा।राकेश न्यौपानेले ‘उज्यालो नेपाल:- सम्भावनाबाट समृद्धितर्फ’ अभियानअन्तर्गत दीर्घकालीन, नीतिगत तथा जनमुखी विकासका योजना सार्वजनिक गरेका छन् ।
बुधबार पत्रकार सम्मेलन गर्दै उनले ‘उज्यालो नेपाल:- सम्भावनाबाट समृद्धितर्फ’ शिर्षकअन्र्तगत आफ्नो मूख्य एजेण्डाहरु सार्वजनिक गरेका हुन् ।
उनले काठमाडौं–१० लाई सूचना प्रविधि क्षेत्रको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित आईटि हब स्थापना, बिपीओ, केपीओ, आर्टिफिसियल इन्टेलिजेन्स, डाटा सेन्टर र फिनटेक उद्यमलाई राष्ट्रिय उद्योगको रूपमा प्रवद्र्धन गर्ने प्रतिबद्धता जनाए। स्टार्टअप प्रवद्र्धन, सहुलियत ऋण, बजार पहुँच र प्राविधिक सहयोगमार्फत डिजिटल रोजगारी सिर्जना गर्ने योजना पनि उनले अघि सारे ।
स्वास्थ्य क्षेत्र सुधारका लागि उनले ‘मेडिकल सिटी’ अवधारणा प्रस्तुत गर्दै प्रत्येक नागरिकलाई स्वास्थ्य बीमा, क्षेत्रीय स्तरमा गुणस्तरीय अस्पताल तथा टेलिमेडिसिन सेवा विस्तार गर्ने योजना सार्वजनिक गरे । स्वास्थ्य पर्यटन प्रवद्र्धनमार्फत विदेशी बिरामी नेपाल ल्याउने र नेपालीलाई विदेश जानु नपर्ने अवस्था सिर्जना गर्ने लक्ष्य उनले राखेका छन् ।
धार्मिक तथा सांस्कृतिक संरक्षणतर्फ उनले दक्षिणकाली क्षेत्रलाई धार्मिक, सांस्कृतिक तथा पर्यटन केन्द्रका रूपमा विकास गर्ने योजना अघि सारेका छन् । धार्मिक यात्रु सुविधा, सुरक्षा र पहुँच विस्तारका कार्यक्रम स्थानीय समुदायसँग सहकार्यमा सञ्चालन गरिने उनले बताए ।
त्यस्तै पर्यटन सर्किट विकास, पुरातात्विक सम्पदा संरक्षण, पूर्वाधार विस्तार, स्मार्ट विद्यालय, औद्योगिक क्लस्टर तथा नवप्रवर्तन केन्द्र स्थापना गरेर स्थानीय रोजगारी र आर्थिक गतिविधि बढाउने उनको प्रतिबद्धता छ ।
न्यौपानेले आफ्नो अभियान केवल राजनीतिक घोषणा नभई दीर्घकालीन विकासको रोडम्याप भएको दाबी गर्दै नागरिक केन्द्रित शासन, कार्यान्वयन र जवाफदेहितामा जोड दिएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।