कर्णालीमा कांग्रेसले चुनावी सभा गर्दै, सम्बोधन गर्न सभापति थापा सुर्खेत आउने
१३ फाल्गुन, २०८२, बुधवार
- बिहीबार सुर्खेतको घण्टाघर डबलीमा हुने आमसभालाई नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, उपसभापतिद्धय विश्वप्रकाश शर्मा र पुष्पा भुसालले सम्बोधन गर्ने नेपाली कांग्रेस कर्णाली प्रदेशका महामन्त्री निरन्जन केसीले जानकारी दिए ।
सुर्खेत: नेपाली कांग्रेसले सुर्खेतमा प्रदेशस्तरीय आमसभा गर्ने भएको छ । प्रतिज्ञा पत्र सार्वजनिकपछि कांग्रेसको यो दोस्रो प्रदेशस्तरीय आमसभा हो।
बिहीबार सुर्खेतको घण्टाघर डबलीमा हुने आमसभालाई नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, उपसभापतिद्धय विश्वप्रकाश शर्मा र पुष्पा भुसालले सम्बोधन गर्ने नेपाली कांग्रेस कर्णाली प्रदेशका महामन्त्री निरन्जन केसीले जानकारी दिए ।
आमसभाका लागि कर्णालीका सल्यान, रुकुमपश्चिम, जाजरकोट, दैलेख र कालिकोट जिल्लाबाट समर्थकहरुलाई सुर्खेत आउन कांग्रेसले आव्हन गरेको छ ।
सुर्खेतमा हुने आमसभाले कर्णालीमा कांग्रेसको पक्षमा माहोल बनाउन मदत पुग्ने कांग्रेसको बुझाई छ । आमसभाको प्रचार प्रसार व्यापक गरिएको र ठूलो संख्यामा मानिसहरु सभामा सहभागि हुने महामन्त्री केसीले बताए । आमसभाका लागि उपसभापतिद्धय शर्मा र भुसाल काठमाडौबाट र सभापति थापा सर्लाहीबाट सुर्खेत आउने कार्यक्रम छ ।
सुर्खेत नेपाली कांग्रेसका निवर्तमान कार्यवहाक सभापति पूर्णबहादुर खड्काको गृह जिल्ला हो । खड्काले चुनाव लड्दै आएको सुर्खेत निर्वाचन क्षेत्र नम्बर एकमा बिष्णुबहादुर खड्का उम्मेदवार बनेका छन् । आफ्नै भाइ चुनाव लडेका भए पनि खड्का चुनाव प्रचारमा सुर्खेत आएका छैनन् । विशेष महाधिवेशनबाट थापा सभापति बनेपछि त्यसविरुद्ध निर्वाचन आयोग र अदालत गएका खड्कालाई चुनाव प्रचारमा आउन नसकेको बताइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’