पुर्व सभामुखको रवि लामिछानेलाई जवाफ- जिते पनि सांसद नरहने अवस्थामा कुन नैतिकताले मत माग्दै हुनुहुन्छ ?
२०८२ फाल्गुण १२ मङ्गलवार
- झापा क्षेत्र नम्बर २ मा चुनावी माहोल तातिरहेका बेला निवर्तमान सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आरोपको कडा जवाफ फर्काएका छन् ।
काठमाण्डौ, १२ फाल्गुण । झापा क्षेत्र नम्बर २ मा चुनावी माहोल तातिरहेका बेला निवर्तमान सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आरोपको कडा जवाफ फर्काएका छन् ।
घिमिरेले लामिछानेलाई जवाफ दिदै आफू निर्वाचित भएपछि सांसद पदमा बहाल रहन सक्ने कानूनी आधारसमेत नभएको अवस्थामा कुन नैतिकताले मत मागिरहनुभएको छ ? भन्दै प्रश्न गरेका हुन् ।
मंगलबार बिहान झापाको बिर्तामोडमा आयोजित कार्यक्रमका क्रममा लामिछानेले ‘जनताको आवाज उठाउँदा माइक काट्ने सभामुख’ भन्दै पुर्व सभामुख घिमिरेले कुन मुख मत मागिरहेको बताएका थिए । घिमिरेले लोकतान्त्रिक अभ्यासमा उम्मेदवारले आफ्ना कार्यक्रम र एजेन्डा प्रस्तुत गर्नुपर्ने उल्लेख गर्दै घृणा, व्यक्तिगत आरोप र विभाजन फैलाउने शैली दीर्घकालीन राजनीति नहुने टिप्पणी गरे ।
संसदमा माइक काट्ने विषय सभामुखको व्यक्तिगत निर्णय नभई पूर्वनिर्धारित समयसीमा र नियमावलीअनुसार हुने स्पष्ट पार्दै घिमिरेले यस्तो सामान्य संसदीय अभ्यासबारे अनभिज्ञता देखाउनु उचित नहुने बताए । उनले सभामुख, उपसभामुख वा बैठक सञ्चालन गरिरहेका अन्य सदस्यको पालामा पनि समय सकिँदा माइक बन्द हुने गरेको उल्लेख गरे । घिमिरेले व्यक्तिगत आक्षेप र आरोपको राजनीति नगर्ने प्रतिबद्धता दोहोर्याए ।
झापा- २ मा पूर्व सभामुख घिमिरेलाई रास्वपा उम्मेदवार इन्दिरा राना मगरले चुनौती दिएकी छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।