- तर समग्र शान्ति–सुरक्षाको अवस्था क्रमशः सुधारोन्मुख देखिएको तथा सर्वपक्षीय बैठकको निर्णयका आधारमा सो कर्फ्यू आदेशलाई निरन्तरता दिन आवश्यक नदेखिएकाले आजै साँझ ४:३० बजेदेखि लागू हुने गरी कर्फ्यू हटाइएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जनाएका छन्।
पर्सा: पर्साका प्रमुख जिल्ला अधिकारीले वीरगञ्ज महानगर क्षेत्रमा जारी कर्फ्यू आदेश हटाउँदै निश्चित समयका लागि निषेधाज्ञा लागू गरिएको जानकारी दिएका छन् ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम मिति २०८२ फागुन ११ गते बिहान ९:४५ बजेदेखि अर्को आदेश नभएसम्म लागू रहने गरी वीरगञ्ज महानगरपालिका का केही स्थानमा कर्फ्यू आदेश जारी गरिएको थियो ।
तर समग्र शान्ति–सुरक्षाको अवस्था क्रमशः सुधारोन्मुख देखिएको तथा सर्वपक्षीय बैठकको निर्णयका आधारमा सो कर्फ्यू आदेशलाई निरन्तरता दिन आवश्यक नदेखिएकाले आजै साँझ ४:३० बजेदेखि लागू हुने गरी कर्फ्यू हटाइएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जनाएका छन्।
यद्यपि अवस्था पूर्ण रूपमा सामान्य भइनसकेको भन्दै महानगरका तोकिएका क्षेत्रहरूमा बेलुकी ६ बजेदेखि भोलि बिहान ८ बजेसम्म कुनै पनि प्रकारका भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाइने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम निषेधाज्ञा जारी गरिएको छ ।
निषेधाज्ञा पूर्वतर्फ बाइपास रोड, पश्चिमतर्फ रानीघाट पुल उत्तरतर्फ पावर हाउस चोक र दक्षिणतर्फ घण्टाघर चोकसम्म रहने प्रशासनले जनाएको छ । प्रशासनले आदेश उल्लंघन गर्ने जो-कोहीलाई नियन्त्रणमा लिएर कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ । जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई संयमित र जिम्मेवार व्यवहार गर्न आग्रह गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’