रास्वपाले घण्टी बजाएर ध्वनि प्रदूषण गर्दा आयोग किन मौन ? - राप्रपा प्रवक्ता श्रेष्ठ

२०८२ फाल्गुण १० आइतवार
सारांश
  • निर्वाचनको मर्यादा विपरितका यस्ता कार्यले लोकतान्त्रिक अभ्यासलाई नै गिज्याइरहेको राप्रपाको ठहर छ।

काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माथि निर्वाचन आचारसंहिता उल्लंघनको गम्भीर आरोप लगाएको छ । राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै रास्वपाले चुनावी प्रचारका क्रममा जताततै घण्टी बजाएर ध्वनि प्रदूषण फैलाएको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएका हुन् ।

 

प्रवक्ता श्रेष्ठले रास्वपाका कार्यकर्ताहरूले राजा वीरेन्द्रको शालिकमा चढेर झण्डा जलाउने जस्ता उच्छृंखल गतिविधि गरेको दाबी गर्दै त्यस्ता कार्यप्रति कडा आपत्ति जनाएका छन् । निर्वाचनको मर्यादा विपरितका यस्ता कार्यले लोकतान्त्रिक अभ्यासलाई नै गिज्याइरहेको राप्रपाको ठहर छ।

 

"निर्वाचन आचारसंहिताको पालना गर्ने र गराउने सवालमा गम्भीर हुन हामी निर्वाचन आयोगलाई आग्रह गर्दछौं," प्रवक्ता श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, "घण्टी चिन्ह भएको दलले ध्वनि प्रदूषण हुने गरी घण्टी बजाउँदै देशव्यापी रूपमा आचारसंहिता उल्लंघन गरिरहँदा आयोगले नदेखेझैं र नसुनेझैं गरिरहनु विडम्बनापूर्ण छ।"

 

प्रवक्ता श्रेष्ठले निर्वाचन आयोगको निश्पक्षतामाथि प्रश्न उठाउँदै अन्य दलका चुनाव चिन्हको उदाहरण समेत पेश गरेका छन् । उनले व्यंग्यात्मक शैलीमा प्रश्न गर्दै भनेका छन्— "भोलि खुकुरी चिन्ह हुने दलले घण्टी बजाउँदै हिँडेजस्तै खुकुरी नचाउँदै हिँड्ने, वा डोजर चिन्ह हुने दलले सडक र राजमार्ग अवरुद्ध हुने गरी डोजर चलाउँदै हिँड्ने अवस्था आयो भने के निर्वाचन आयोगका लागि त्यो पनि स्वीकार्य हुन सक्छ ?"

 

राप्रपाले रास्वपाका पछिल्ला गतिविधिहरूलाई 'दुव्र्यवहार' र 'अराजनीतिक' संज्ञा दिएको छ। विशेषगरी ऐतिहासिक व्यक्तित्वको शालिकमाथि चढ्ने र झण्डा जलाउने जस्ता कार्यले सामाजिक सद्भाव र शिष्टताको समेत धज्जी उडाएको श्रेष्ठको भनाइ छ। यस्ता हर्कतका लागि रास्वपाले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग समेत राप्रपाले अघि सारेको छ।

 

निर्वाचनको मिति नजिकिँदै गर्दा दलहरूबीचको यो आरोप-प्रत्यारोपले राजनीतिक वातावरण थप तातेको छ। राप्रपाको यो आधिकारिक आपत्ति र आयोगलाई दिइएको चेतावनीपछि निर्वाचन आयोगले रास्वपाको प्रचार शैली र आचारसंहिता पालनाका विषयमा के कस्तो कदम चाल्छ भन्ने विषय चासोको केन्द्रमा रहेको छ। हालसम्म रास्वपाले भने यस विषयमा कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार