निर्वाचनमा सहभागी दलहरु अनुशासनको परिधिभित्र रहन आग्रह

२०८२ फाल्गुण १० आइतवार
सारांश
  • उनले भने, ‘सबै दललाई एउटै समूह, एउटै रेखामा राखेर र अनुशासनको परिधिभित्र रहेर निर्वाचनमा सहभागि हुनुहोला । स्वच्छ प्रतिस्पर्धामा संलग्न हुनुहोला ।’

काठमाडौं: कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सबै राजनीतिक दललाई एउटै अनुशासनको परिधिभित्र रहेर निर्वाचनमा सहभागीता हुन आग्रह गरेका छन् ।

 

निर्वाचन समाचार अभिमुखीकरणमा बोल्दै कार्यवाहक आयुक्त भण्डारीले सबै दललाई एउटै समूहमा बसेर अनुशासनको परिधिभित्र रहेर निर्वाचनमा सहभागिता भई स्वच्छ प्रतिस्पर्धामा संलग्न हुन आग्रह गरेका हुन् ।

 

उनले भने, ‘सबै दललाई एउटै समूह, एउटै रेखामा राखेर र अनुशासनको परिधिभित्र रहेर निर्वाचनमा सहभागि हुनुहोला । स्वच्छ प्रतिस्पर्धामा संलग्न हुनुहोला ।’

 

उनले निर्वाचनको मुखमा लागि ९ देखि १० लाखसम्म युवा मतदान थपिएको समेत बताए । ‘यस पटक ९ देखि १० लाखसम्म युवा मतदाता थपिएका छन् । युवाहरु पनि नयाँ जोस–जागर र उत्साह लिएका युवा छन्,’ उनले भने ।

 

उनले निर्वाचनको वातावरण विथोल्न नहुनेमा जोड दिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार