दोलखामा अन्य दल त्यागेर कांग्रेसमा प्रवेश, अजयबाबु र कुन्दनले लगाइदिए खादामाला
२०८२ फाल्गुण ०९ शनिवार
- दोलखामा विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नेको लहर चलिरहेको छ ।
दोलखा, ०९ फाल्गुण । दोलखामा विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नेको लहर चलिरहेको छ । सो क्रममा कालिञ्चोक गाउँपालिकामा नेकपा एमाले परित्याग गरी थुप्रै नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।
कालिञ्चोक गाउँपालिका वडा नम्बर २ बाबरेमा शनिबार आयोजित एक कार्यक्रमबीच एमाले नेता लालबहादुर थामीको नेतृत्वमा च्युफुर थामी, सन्ते थामी (ए)र सन्ते थामी (बी) कांग्रेसमा प्रवेश गरेका हुन् ।
नवप्रवेशीहरूलाई दोलखा प्रतिनिधि सभा सदस्यका उम्मेदवार अजयबाबु शिवाकोटी र बागमती प्रदेशका पूर्वअर्थमन्त्री कुन्दनराज काफ्लेले खादा तथा माला लगाएर पार्टीमा स्वागत गरे । सोही अवसरमा धनकुमार थामी, निरमाया थामी र धनबहादुर थामी आफ्नो पुरानो घर नेपाली कांग्रेसमै फर्किएका छन् ।
पार्टी प्रवेश गर्नेहरूमा नयाँ पुस्ता (जेनजी) का युवाहरूको पनि उल्लेख्य सहभागिता देखिएको छ । देवबहादुर थामी र सञ्जय थामी लगायतका युवाहरू कांग्रेसको विचार र नेतृत्वबाट प्रभावित भई पार्टीमा भित्रिएका हुन् । पछिल्लो समय दोलखाका विभिन्न स्थानीय तहमा कांग्रेस प्रवेश गर्नेहरूको सङ्ख्या बढ्दै गएको छ।
शिवाकोटी जस्तो स्वच्छ छवि भएका, भ्रष्टाचार विरोधी र प्रखर युवा उम्मेदवार चुनावी मैदानमा आएपछि एमाले र नेकपाका कार्यकर्ताहरूमा समेत उत्साह थपिएको स्थानीयको बुझाइ छ । नवप्रवेशीहरूले कांग्रेसको विकासप्रतिको स्पष्ट दृष्टिकोण र लोकतन्त्र रक्षाका लागि शिवाकोटी जस्तो जुझारु नेतृत्वको आवश्यकता महसुस गर्दै आफूहरूले वर्षौँदेखिको पार्टी साइनो तोडेर कांग्रेस रोजेको बताएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
रसुवाका विभिन्न क्षेत्रमा बाढीपछि अवरुद्ध भएको विद्युत पुन: सुचारु
-
सम्पर्कविहिन रहेका आफन्तको पहिचानका लागि डिएनए परीक्षण गर्न आग्रह
-
प्रधानमन्त्री शाह र लामिछानेबीच भेटवार्ता
-
संसद बैठक छिटो बोलाउन काँग्रेसको माग, सभामुखसँग छलफल गर्ने
-
रसुवागढी जलविद्युतको सुरुङमा कोहि भेटिएन, सेनाको उद्धार टोली फर्कियो
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।