गाँजा खेतीबारे उज्यालो पार्टीका उम्मेद्वारको धारणा : कानुनविपरीत कामको समर्थन गर्दिनँ
८ फाल्गुन, २०८२, शुक्रवार
- केही उम्मेदवारहरूले वैज्ञानिक रूपमा गाँजा खेती गर्न दिने आश्वासन दिइरहेको प्रसंग उल्लेख गर्दै लामाले आफू झुटा आश्वासन नदिने दाबी गरे । उनका अनुसार गाँजा खेतीको विषयभन्दा पहिला क्षेत्रका आधारभूत समस्या समाधान प्राथमिकतामा पर्नुपर्छ ।
मकवानपुर: उज्यालो नेपाल पार्टीका तर्फबाट मकवानपुर क्षेत्र नम्बर–१ मा प्रतिनिधिसभा सदस्य पद उम्मेदवार सुरेन्द्र लामाले गाँजा खेतीबारे आफ्नो धारणा स्पष्ट पारेका छन्
।
चुनावी प्रचारप्रसारलाई औपचारिक रूपमा अगाडि बढाउँदै उनले कानुनविपरीत कुनै पनि गतिविधिलाई समर्थन नगर्ने बताएका हुन् ।
‘जबसम्म कानुनले अनुमति दिँदैन, म गाँजा खेतीको पक्षमा उभिन्नँ,’ उनले भने, ‘कानुन संशोधनको विषय संसदको प्रक्रियाबाट मात्रै अघि बढ्न सक्छ ।’
केही उम्मेदवारहरूले वैज्ञानिक रूपमा गाँजा खेती गर्न दिने आश्वासन दिइरहेको प्रसंग उल्लेख गर्दै लामाले आफू झुटा आश्वासन नदिने दाबी गरे । उनका अनुसार गाँजा खेतीको विषयभन्दा पहिला क्षेत्रका आधारभूत समस्या समाधान प्राथमिकतामा पर्नुपर्छ ।
स्वास्थ्य, खानेपानी र पूर्वाधार प्राथमिकतामा
लामाले आफ्नो मुख्य एजेन्डा स्वास्थ्य सेवा सुदृढीकरण, खानेपानी समस्या समाधान र सडक तथा अन्य पूर्वाधार विकास रहेको बताए । ‘हाम्रो क्षेत्रमा स्वास्थ्य र खानेपानीका समस्या गम्भीर छन् । यी विषयमा दीर्घकालीन समाधानका लागि आवश्यक बजेट ल्याउन संसदमा पहल गर्नेछु,’ उनले भने ।
उनका अनुसार प्रतिनिधिसभा सदस्यको मुख्य दायित्व नीति निर्माण र जनताको आवाज संसदमा उठाउनु हो । ‘विकासका काम स्थानीय तहसँग समन्वय गरेर अघि बढाउनुपर्छ, तर आवश्यक नीति र बजेट सुनिश्चित गर्न संसदमा दृढ रूपमा उभिनेछु,’ उनले स्पष्ट पारे ।
‘झुटो आश्वासन होइन, यथार्थ योजना’
मतदातासँग भोट माग्ने आधारबारे उनले विकास, पारदर्शिता र कानुनी शासनलाई प्राथमिकता दिएको बताए। ‘समस्या समाधान गर्न सकेन भने जनताले मलाई अस्वीकार गर्न सक्छन्,’ उनले भने, ‘तर म इमान्दार प्रयास गर्ने प्रतिबद्धता जनाउँछु ।’
जित्ने दाबी
निर्वाचनमा आफ्नो जित्ने सम्भावनाबारे उनले माहोल सकारात्मक रहेको दाबी गरे। गाउँ–गाउँमा राम्रो समर्थन पाइरहेको उल्लेख गर्दै उनले आगामी दिनमा घरदैलो कार्यक्रमलाई तीव्र बनाउने बताए।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’