सिकारुलाई देश जिम्मा दिनुहुँदैन, कांग्रेसले सम्हाल्नुपर्छ: विश्वप्रकाश शर्मा
७ फाल्गुन, २०८२, बिहिवार
- मोरङ–१ मा कांग्रेस उम्मेदवार खड्ग फागोको मोरङको केराबारी गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शर्माले अहिलेको राष्ट्रिय सङ्कट घडीमा सिकारुलाई देश जिम्मा लगाउने होइन, परिपक्व शक्तिलाई जिम्मा दिनुपर्ने बताए ।
मोरङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपालमा सिर्जना भएका हरेक विषम परिस्थितिमा देशलाई सम्हाल्ने क्षमतावान एक मात्र दल कांग्रेस भएको बताएका छन् ।
मोरङ–१ मा कांग्रेस उम्मेदवार खड्ग फागोको मोरङको केराबारी गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शर्माले अहिलेको राष्ट्रिय सङ्कट घडीमा सिकारुलाई देश जिम्मा लगाउने होइन, परिपक्व शक्तिलाई जिम्मा दिनुपर्ने बताए । निर्वाचनको मैदानमा आँधीहुरी चलेको बेला पनि देशको बागडोर सम्हाल्न सक्ने दल कांग्रेस मात्रै भएको बताउँदै उनले जनतालाई सचेत रहन आग्रह गरे ।
उपसभापति शर्माले भने, ‘सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन, जिम्मेवारी हाक्न, परिपक्व, अनुभवी र सङ्कट व्यवस्थापन गर्न सक्ने दललाई मात्रै देशको नेतृत्व दिनुपर्छ ।’ नेपाली कांग्रेस इतिहासदेखि नै सङ्कटको घडीमा देशलाई सम्हाल्दै आएको दल भएकाले यस पटकको निर्वाचन पनि राष्ट्रको भविष्यसँग जोडिएको निर्णायक मोड हुने उनले बताए ।
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादीको १० बर्षे जनयुद्धको द्वन्द्व अन्त्य गर्न र माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन कांग्रेसले निर्णायक भूमिका खेलेको उपसभापति शर्माले स्मरण गराए । उनले भने ‘कांग्रेसको ‘बन्दुकले बन्दुकको समाधान हुँदैन’ भन्ने सिद्धान्तबाट गिरिजाप्रसाद कोइरालाले माओवादीलाई मूलधारको राजनीतिमा ल्याएर देशलाई ठूलो रक्तपातबाट जोगाएको कसैले बिर्सेका छैन ।’
संविधान निर्माणको संवेदनशील घडीमा सबै पक्षलाई समेटेर अघि बढ्ने काम कांग्रेसले गरेको उनले स्मरण गराए । कांग्रेसलाई परिपक्व माझी भएको दाबी गर्दै,देशमा सङ्कट वा ‘आँधी हुरी’ आएको बेला अनुभवी नेतृत्वले मात्र देश सम्हाल्न सक्ने उनको भनाई थियो । यस बेला देशमा उठेको नयाँ पुस्ताको आक्रोश र मागलाई सम्बोधन गर्ने शक्ति पनि कांग्रेस नै भएको उनले बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’