- उनले यो निर्वाचन देश भत्काउने र बनाउने बीचको लडाई भएको भन्दै एमाले देश बनाउने पार्टी भएको बताए ।
काठमाडौँ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ को महाविनाश अप्रत्याशित घटना नभएको बताएका छन् ।
एमालेको चुनावी घोषणा पत्र सार्बजनिक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भदौ २४ को घटना अप्रत्याशित नभएको दाबि गर्दै यो लोकतन्त्रविरुद्धको लामो समयदेखिको योजनाबद्ध आक्रमण भएको दाबी गरेका हुन् ।
उनले विचारहीन र दिशाहीन स्टन्टबाट एमाले टाढा रहेको बताउदै आफुहरुको गन्तव्य विकास र समृद्धि भएको बताएका छन् ।
उनले सिंहदरबार, सर्वोच्च अदालतलगायतका जलाइएका संरचना पुनर्निर्माण गर्ने र निजी क्षेत्रको टुटेको विश्वासलाई जोड्ने जिम्मेवारी एमालेको काधमा आएको बताए ।
पुस्तान्तरणको भ्रम फैलाइएको भन्दै ओलीले देश पुस्ताको द्वन्दले नबन्ने स्पष्ट गरे । ओलीले युवा भनेको आगो र अनुभव उज्यालो भएको भन्दै आगो र उज्यालो एकसाथ आएर देश बनाउनु पर्ने बताए ।
उनले यो निर्वाचन देश भत्काउने र बनाउने बीचको लडाई भएको भन्दै एमाले देश बनाउने पार्टी भएको बताए ।
एमालेले जिम्मेवारी पाएको समयमा काम गरेर देखाएको भन्दै सबै मतदातालाई संबिधानको रक्षा गर्न र लोकतन्त्रलाई बचाउन मतदान गर्न आव्हान समेत गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।