गगन थापाले दिए रवि लामिछाने बारेको 'प्रमाण खोई' भन्ने प्रश्नको जवाफ
७ फाल्गुन, २०८२, बिहिवार
- काँग्रेसको प्रतिज्ञाका विषयमा आम मानिसका प्रश्नको जावफ दिन आयोजित गरिएको कार्यक्रममा बोल्दै सभापति थापाले 'प्रमाण खोई ?' भन्ने प्रश्नको जवाफ दिदै रवि लामिछानेको सहकारी ठगीमा संलग्नता पुष्टि सर्वोच्च अदालतको आदेशले नै गरेको भन्दै आफुलाई प्रश्न गर्न भन्दा पनि सर्वोच्चको आदेश प्पढ्न आग्रह गरेका हुन् ।
काठमाडौँ: नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा आफुलाई पटक पटक सोधिने 'प्रमाण खोई' भन्ने प्रश्नको जवाफ दिएका छन् ।
काँग्रेसको प्रतिज्ञाका विषयमा आम मानिसका प्रश्नको जावफ दिन आयोजित गरिएको कार्यक्रममा बोल्दै सभापति थापाले 'प्रमाण खोई ?' भन्ने प्रश्नको जवाफ दिदै रवि लामिछानेको सहकारी ठगीमा संलग्नता पुष्टि सर्वोच्च अदालतको आदेशले नै गरेको भन्दै आफुलाई प्रश्न गर्न भन्दा पनि सर्वोच्चको आदेश प्पढ्न आग्रह गरेका हुन् ।
उनले सो अवसरमा भने- 'साथीहरूले कमेन्टमा प्रमाण खोइ भन्नुहुन्छ, म आज यहाँ प्रमाणसहित उपस्थित भएको छु । यो मैले बनाएको आरोप होइन, नेपालको सम्मानित सर्वोच्च अदालतको डिभिजन बेन्चको फैसला र विभिन्न जिल्ला अदालतमा पेश भएका तथ्यहरू हुन्।’
सभापति थापाले जिल्ला अदालतका मिसिलहरूलाई पढेर सुनाउदै लामिछानेको नाममा करोडौं रुपैयाँ ऋण प्रवाह भएको उल्लेख गरे ।
सभापति थापाले सर्वोच्च अदालतको वेबसाइटमा रहेको फैसलाको बुँदा उल्लेख गर्दै लामिछानेले निःशुल्क सेयर पाएको दाबी गरे पनि उक्त सेयर लगानी गर्न सहकारीकै रकम प्रयोग भएको देखिएको सर्वोच्चले नै ठहर गरेको बताएका हुन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।