- विश्वसनीय निर्वाचन नै वैध सरकारको आधार भएको उनले स्पष्ट पारे ।
काठमाडौं: आज नेपालमा १०औं निर्वाचन दिवस मनाइदैछ । वि.सं. २०१५ साल फागुन ७ गते सुरु भई २०१६ साल वैशाख २१ गते सम्पन्न भएको पहिलो आमनिर्वाचनको स्मरणमा यो दिवस मनाइँदै आएको हो । उक्त निर्वाचन नेपालमा बालिग मताधिकारका आधारमा सम्पन्न पहिलो ऐतिहासिक निर्वाचन थियो ।
आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को मतदान मिति नजिकिँदै गर्दा दिवसको विशेष महत्व रहेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताएका छन् । उनले निर्वाचन आयोगको मूल मन्त्र 'स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी एवं मितव्ययी निर्वाचन' लाई आत्मसात् गर्दै सबै सरोकारवालाको समन्वय र सहकार्यमा शान्तिपूर्ण निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गरे ।
उनले लोकतान्त्रिक शासन व्यवस्थालाई सुदृढ बनाउन आवधिक निर्वाचन अनिवार्य प्रक्रिया भएको उल्लेख गर्दै मताधिकार प्रयोगमार्फत नागरिकले शासन प्रणालीलाई पुनर्ताजगी दिने बताए । विश्वसनीय निर्वाचन नै वैध सरकारको आधार भएको उनले स्पष्ट पारे ।
संविधानको व्यवस्था अनुसार निर्वाचन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, संघीय संसद, प्रदेश सभा तथा स्थानीय तहको निर्वाचन सञ्चालन, रेखदेख र नियन्त्रण गर्दै आएको छ । आयोगले सबै दल, उम्मेदवार र मतदातालाई कानूनबमोजिम स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन प्रक्रियामा सहभागी हुन आह्वान गरेको छ ।
निर्वाचन दिवसको अवसरमा आयोगले स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण निर्वाचनका लागि सहयोग गर्न राजनीतिक दल, उम्मेदवार, कर्मचारी, पर्यवेक्षक र आम मतदातासँग हार्दिक अपिल गरेको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।