काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै

२०८२ फाल्गुण ०६ बुधवार
सारांश
  • निर्वाचनमा पार्टीको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने दुलालले जानकारी दिएका छन् ।

काठमाडौँ: नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।

 

कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार आज केन्द्रीय समितिको बैठक बिहान ११ बजे भर्चुअलरुपमा बस्ने भएको छ ।

 

बैठकमा यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पार्टीको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने दुलालले जानकारी दिएका छन् ।

 

आजको बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्य र सात वटै प्रदेश कार्यसमितिका सभापतिको उपस्थिति हुने भएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार