सुकुम्वासी तथा विपन्न वर्गको हितलाई एमालेले सधैं प्राथमिकतामा राखेको छ- ओली
२०८२ फाल्गुण ०६ बुधवार
- उनले भने- 'हामी यस्तो व्यवस्था बनाउन प्रतिबद्ध छौं, जहाँ कसैले अभावका कारण ज्यान गुमाउन नपरोस् ।'
झापा: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुकुम्वासी तथा विपन्न वर्गको हितलाई नेकपा एमालेले सधैं प्राथमिकतामा राख्दै आएको बताएका छन् ।
झापाको दमकमा तीन पाङ्ग्रे सवारी चालकहरूसँगको भेटघाटका क्रममा बुधबार अध्यक्ष ओलीले सरकारको नीति कोही पनि नागरिक भोकै बस्न नपर्ने र भोकै मर्न नपर्ने सुनिश्चिततामा केन्द्रित रहेको उल्लेख गरेका हुन् ।
उनले भने- 'हामी यस्तो व्यवस्था बनाउन प्रतिबद्ध छौं, जहाँ कसैले अभावका कारण ज्यान गुमाउन नपरोस् ।'
सो अवसरमा ओलीले स्वास्थ्य बीमा कार्यक्रमलाई परिमार्जन गरी ३५ सय रुपैयाँ प्रिमियम तिरेपछि एक लाख रुपैयाँसम्मको उपचार सुविधा पाउने व्यवस्था गरिएको उल्लेख गरे भने झापामा पूर्वाधार र विकास निर्माणका कामलाई तीव्रता दिइएको दाबी गरे ।
ओली आज विराटनगरमा एक कार्यक्रम सम्पन्न गरेपछि आजै काठमाडौं फर्किने बताइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’