दुर्गा प्रसाईलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

५ फाल्गुन, २०८२, मगलवार
सारांश
  • प्रसाईंले निर्वाचन विरोधी अभिव्यक्ति दिएका कारण उनलाई सार्वजनिक शान्ति विरुद्धको कसुर र अफवाह फैलाएको कसुरमा पनि अनुसन्धान गर्न  जिल्ला प्रशासन कार्यालयबाट म्याद लिइएको छ ।

काठमाडौँ: राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृती र नागरिक बचाउ महाअभियान नेपालका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिइएको छ ।

 

काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले प्रसाईलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका हुन् ।

 

जिल्ला प्रहरी परिसर काठमाडौँले उनीविरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं सोमबार साँझ भक्तपुरअस्थित् निवासबाटै पक्राउ परेका थिए ।

 

प्रसाईंले निर्वाचन विरोधी अभिव्यक्ति दिएका कारण उनलाई सार्वजनिक शान्ति विरुद्धको कसुर र अफवाह फैलाएको कसुरमा पनि अनुसन्धान गर्न  जिल्ला प्रशासन कार्यालयबाट म्याद लिइएको छ ।

 

प्रसाईंले राख्दै आएका माग सरकारले पुरा नभएपछि बन्द गर्ने र चुनाव हुन नदिने अभिव्यक्ति दिएका थिए । उनी यसअघि माघ २३ मा पनि पक्राउ परेर हाजिरी जमानीमा छुटेका थिए । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार