- नेपाली काँग्रेसका सभापति गगन थापाले आफुले किर्तिपुरको डाँडामा बसेर महिनाको २-३ लाख कमाउन सकिन्छ भनेर यत्तिकै नभनेको बताएका छन् ।
काठमाण्डौ, ०४ फाल्गुण । नेपाली काँग्रेसका सभापति गगन थापाले आफुले किर्तिपुरको डाँडामा बसेर महिनाको २-३ लाख कमाउन सकिन्छ भनेर यत्तिकै नभनेको बताएका छन् ।
नेपाली काँग्रेसको सूचना प्रविधि क्षेत्रमा आफ्नो धारणा भिडियो सन्देशमार्फत सार्बजनिक गर्द आफुले कीर्तिपुरको एक सभामा ‘ल्यापटप चलाएरै मासिक ३–४ लाख रुपैयाँ कमाउन सकिन्छ’ भन्ने अभिव्यक्ति यत्तिकै नदिएको भन्दै सो अभिव्यक्ति आलोचित भएपनि त्यो अभिव्यक्ति आफुहरुको सपना भएको बताएका छन् ।
सभापति थापाले अघिल्लो सरकारका पालामा अध्यादेशमार्फत गरिएका केही सुधारले सकारात्मक प्रभाव देखाएको उल्लेख गर्दै अब थप संरचनागत र नीतिगत सुधार गरेर सुचना प्रविधि क्षेत्रलाई युवा मैत्री बनाउने बताए । उनले आगामी पाँच वर्षभित्र नेपाललाई 'डिजिटल हब' बनाउन सकिने बताउदै सूचना प्रविधि क्षेत्रमा सानो नीतिगत सुधारले पनि ठूलो आर्थिक परिणाम दिन सक्ने दाबि गरेका छन् ।
सभापति थापाले पाँच वर्षभित्र करिब ४ खर्ब बराबरको सूचना प्रविधि सेवा निर्यात गर्न सकिने दाबी गर्दै उनले २ लाखभन्दा बढी प्रत्यक्ष रोजगारी सिर्जना गर्न सकिने समेत दाबि गरेका छन् । उनले कम्तीमा २०० नेपाली सूचना प्रविधि कम्पनीलाई विश्वबजारमा विस्तार गर्ने र ३ देखि ५ वटा कम्पनीलाई धितोपत्र बजारमा सूचीकृत गराउने लक्ष्य समेत काँग्रेसको रहेको बताएका छन् । नेपाल अब स्वतन्त्र रूपमा काम गर्ने सेवा र बाह्य सेवा प्रक्रियामा मात्र सीमित नभई आफ्नै डिजिटल उत्पादन विकास र निर्यातमा केन्द्रित हुनुपर्ने उनको भनाइ छ ।
उनले 'ट्यालेन्ट हब' बनाएर मात्र प्रविधि क्षेत्रमा अध्ययन गरेकाहरुलाई व्यवस्थित किसिमले रोजगार दिन सकिने अवधारणा प्रस्ताव गरेका छन् । यसका लागि उनले सार्बजनिक निजी साझेदारी गर्ने समेत बताए ।
सभापति थापाले चुनाव केन्द्रित आफ्ना धारणा सार्बजनिक गर्ने क्रममा विभिन्न क्षेत्रको विकास र त्यसमा पार्टीको धारणा भिडियो सन्देश जारी गर्दै बताउदै आएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
संसद बैठक छिटो बोलाउन काँग्रेसको माग, सभामुखसँग छलफल गर्ने
-
रसुवागढी जलविद्युतको सुरुङमा कोहि भेटिएन, सेनाको उद्धार टोली फर्कियो
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
-
भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहिन
-
भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।